तीन होटललाई ४५ हजार जरिवाना, १५ लाई सुधारात्मक निर्देशन

Author

सजिलो पत्रिका

२०८२ पुस ०९, बुधबार

21
Share
Featured
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका तीन होटललाई उपभोक्ता संरक्षण ऐन उल्लङ्घनमा कुल ४५ हजार रुपैयाँ जरिवाना गरेको छ।
  • थाकखोला थकाली भान्सा घर, पाककला प्रालि र इन्द्रेणी फुड वल्र्ड एण्ड ब्यांक्वेटलाई क्रमशः १५, १० र २० हजार रुपैयाँ जरिवाना गरिएको हो।
  • १८ होटल/खाजा पसल अनुगमन गर्दा तीनवटालाई जरिवाना र १५ वटालाई सरसफाइ तथा व्यवस्थापन सुधार गर्न निर्देशन दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका तीनवटा होटललाई कुल ४५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले गरेको बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनविपरीत कार्य गरेको पाइएपछि कारबाही गरिएको हो ।

विभागका अनुसार, थाकखोला थकाली भान्सा घरलाई १५ हजार, पाककला प्रालिलाई १० हजार र इन्द्रेणी फुड वल्र्ड एण्ड ब्यांक्वेटलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

विभागले कुल १८ वटा होटल तथा खाजा पसलमा अनुगमन गरेको थियो । जसमध्ये तीनवटालाई नगद जरिवाना र बाँकी १५ वटालाई सरसफाइ तथा व्यवस्थापनमा सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...