झलनाथकी धर्मपत्नी रविलक्ष्मीले भनिन् : हिटलरको ग्याँस चेम्बर फसेजस्तो भयो

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

14
Share
Featured

काठमाडौँ

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा गहन उपचारपछि सोमबार स्वदेश फर्किएकी छन् ।

जेनजी आन्दोलनका क्रममा घरमा भएको आगलागीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनी नेपाल फर्किएकी हुन् ।

सोही क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी भाइवहिनीहरुले अवोधपनको मकुन्डो ओडेर देशलाई नष्ट पार्न खोज्नेहरुलाई यो सरकारले छिटै चिनेर कारवाही गर्नुपर्ने माग गरेकी छन् ।

उनले भनिन्, ‘भाइवहिनीहरुको अवोधपनको मकुन्डो ओडेर जुन देशलाई नष्ट पार्न खोजे उनीहरुलाई सरकारले छिटै चिनेर कारबाही गर्नुपर्छ । मेरो यही माग छ । मैंले किताबमा पढेको थिए–हिटलरको ग्याँस चेम्बर, त्यसमा म आफै परें । अहिले यस्तो गति भयो मेरो । मलाई बचाउनको लागि जसले जति प्रयास गर्नु भएको छ उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’

भदौ २४ गते बिहान खनाल दम्पत्ती बसोबास गर्ने काठमाडौं डल्लु निवासमा भएको आगलागीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो । विशेषगरी देब्रे हातमा गम्भीर चोट लागेपछि सङ्क्रमण फैलिँदै जाँदा अवस्था जटिल बनेको थियो ।

यो समाचारमा

भारतझलनाथ खनालकाठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...