पोखराका मुख्य सडकबाट वर्कसप र ग्यारेज हटाउन महानगरको ३५ दिने अल्टिमेटम

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

18
Share
Featured
  • पोखरा महानगरले मुख्य सडक/राजमार्ग किनारका वर्कसप, ग्यारेज, कवाडी र ग्रिल उद्योग हटाउन ३५ दिनको समय दिएको छ।
  • सवारी आवागमनमा अवरोध, सहरी सौन्दर्य र वातावरणमा नकारात्मक असर परेकाले हटाउने निर्णय गरिएको हो।
  • तोकिएको समयभित्र नसारे कानुनअनुसार कारबाही गरिने र हार्डवेयर पसललाई सडकपेटीमा सामग्री नराख्न आग्रह गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पोखरा महानगरपालिकाले मुख्य सडक र राजमार्ग किनारमा सञ्चालित वर्कसप, ग्यारेज, कवाडी संकलन केन्द्र तथा ग्रिल उद्योग हटाउने भएको छ । महानगरले एक सूचना जारी गर्दै यस्ता व्यवसाय अन्यत्र सार्न ३५ दिनको समय दिएको हो ।

महानगरले पृथ्वी राजमार्गको कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म र पोखरा-बाग्लुङ राजमार्गको जिरो किलोमिटरदेखि फेदीसम्मका सडक किनारमा रहेका वर्कसपहरू हटाउन निर्देशन दिएको छ ।

महानगर प्रमुख धनराज आचार्यका अनुसार, यस्ता व्यवसायले सवारी आवागमनमा कठिनाइ पुर्‍याएको, सहरी सौन्दर्यमा असर पारेको र वातावरणीय स्वच्छतामा प्रतिकूल प्रभाव पारेकाले हटाउन लागिएको हो ।

तोकिएको समयभित्र व्यवसाय नहटाए प्रचलित कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ । महानगरले हार्डवेयर पसलहरूलाई पनि सडकपेटीमा निर्माण सामग्री नराख्न आग्रह गरेको छ ।

मुख्य सडकमा अव्यवस्थित पार्किङसँगै सडक किनारका ग्यारेज र वर्कसपहरू ट्राफिक जामको मुख्य कारण मानिँदै आएका छन् । महानगरले यो अभियानमा सहयोग गर्न घरधनी, व्यवसायी, नागरिक समाज र स्थानीय प्रशासनलाई अपिल गरेको छ ।

यो समाचारमा

काठमाडौँपोखरा महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    Data is loading...

    Loading brands...

    Loading footer...