चिसो बढेपछि रौतहटको गौरमा शुक्रबारसम्म विद्यालय बन्द

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

28
Share
Featured
  • अत्यधिक चिसो र शीतलहरका कारण गौर नगरपालिकाले सबै विद्यालयमा बिदा दिएको छ।
  • आज (मंगलबार)देखि पुस ११ गते (शुक्रबार)सम्म सामुदायिक र संस्थागत विद्यालय बन्द रहनेछन्।
  • बिदा बर्खे बिदाबाट कट्टा गरिने र चिसोले बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै निर्णय गरिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अत्यधिक चिसो र शीतलहर बढेपछि रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज (मंगलबार) देखि आउँदो शुक्रबार (पुस ११ गते) सम्मका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने घोषणा गरेको हो ।

गौर नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरका अनुसार, यो बिदा बर्खे बिदाबाट कट्टा हुने गरी मिलाइएको छ । पछिल्लो चार दिनदेखि बढेको शीतलहर र चिसोले रौतहटको जनजीवन प्रभावित बनेको छ ।

यो समाचारमा

काठमाडौँरौतहटगौर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...