प्रदीप ज्ञवालीलाई ईश्वर पोखरेलको जवाफ: 'आग्रहप्रेरित कटाक्ष नगरौँ, अनावश्यक तरंगित नबनौँ'

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

31
Share
Featured
  • एमाले नेता ईश्वर पोखरेलले महाधिवेशनपछिको सामान्य छलफललाई लिएर कटाक्ष नगर्न केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई चेतावनी दिएका छन्।
  • ज्ञवालीले छुट्टै भेला गरेको भन्दै पोखरेल समूहलाई ‘अन्त्यहीन बहस क्लब’ बनाउने टिप्पणी गरेपछि पोखरेलको प्रतिक्रिया आएको हो।
  • पोखरेलले महाधिवेशनको निष्कर्ष सबैले मान्नुपर्ने र पार्टी एकता कमजोर पार्ने अभिव्यक्तिबाट जोगिन आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता ईश्वर पोखरेलले महाधिवेशनपछि भएको सामान्य छलफललाई लिएर 'आग्रहप्रेरित कटाक्ष' नगर्न नवनिर्वाचित केन्द्रीय सदस्य लाई चेतावनी दिएका छन् । महाधिवेशनमा अध्यक्ष पदमा पराजित पोखरेलले सामाजिक सञ्जालमार्फत ज्ञवालीको अभिव्यक्तिको जवाफ दिएका हुन् ।

यसअघि सोमबार ज्ञवालीले महाधिवेशन सकिएलगत्तै छुट्टै भेला गर्नुले पार्टीलाई 'अन्त्यहीन बहस क्लब' मा रूपान्तरण गर्ने भन्दै पोखरेल समूहप्रति लक्षित टिप्पणी गरेका थिए ।

त्यसको जवाफमा पोखरेलले महाधिवेशनमा प्रतिस्पर्धी समूहमा रहेका साथीहरूबीच भएको सामान्य र बिदाइ छलफललाई लिएर तरंगित नहुन आग्रह गरेका छन् । "कसैप्रति पनि आग्रहप्रेरित कटाक्ष गरिनुले पार्टी र आन्दोलनलाई नोक्सान मात्र पुर्‍याउँछ," उनले लेखेका छन्, "विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुने छैन, हुन दिइने छैन ।"

पोखरेलले हरेक नेता/कार्यकर्ताले आत्मसमर्पण नभई आत्मसम्मान खोज्ने र नेतृत्वबाट समान व्यवहारको अपेक्षा गर्ने भन्दै त्यसो नहुँदा असहमति वा विरोध हुनु स्वाभाविक भएको बताएका छन् । उनले महाधिवेशनको निष्कर्षलाई सबैले पालना गर्नुपर्नेमा जोड दिँदै पार्टी एकतालाई मजबुत बनाउन आग्रह गरेका छन् ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)ईश्वर पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...