हामी निर्वाचनको तयारीमा छौं, तोकिएको समयमा सम्पन्न हुनुपर्छ : कांग्रेस

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

22
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन आग्रह गरेका छन् ।

सोमबार सिंहदरवारमा जारी सर्वदलीय बैठकमा कांग्रेसको तर्फबाट बोल्दै उनले निर्वाचन नभए देशले निकास नपाउने पार्टीको धारणा रहेको बताउँदै उम्मेदवार सिफारिस पनि कांग्रेसले गरिसकेको बताए ।

उनले भने,नेपाली कांग्रेले फागुन २१ को निर्वाचनमा सहभागी हुने तय गरेको छ । निर्वाचनबिना देशले निकास पाउँदैन । त्यो नेपाली कांग्रेसको धारणा हो । फागुन २१ गते भन्दा कुनै तलमाथि नगरी निर्वाचन गर्न कांग्रेसको आग्रह छ । निर्वाचनको लागि पार्टीभित्रको तयारी गरिसकेको छौं । उम्मेदवारी सिफारिस तहगत रुपमा ल्याइसकेका छौं, ल्याउने क्रम पनि छं ।’

त्यस्तै उनले केही नेताहरूलाई स्थानहदको कुरा आएको भन्दै आम निर्वाचनमा संविधानले दिएको अधिकार अनुसार कुनैपनि दलको नेता वा नागरिक जहाँबाट पनि लड्न सक्ने बताए ।

उनले भयरहित वातावरण चुनाव गराउनसक्ने सरकारले आधार दिनुपर्नेभन्दै समानुपातिकतर्फको बन्द सूची बुझाउने समय केही थप गर्न माग गरे ।

यो समाचारमा

नेपाली काँग्रेससिंहदरवारकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...