सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढ्यो : सुवाल

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

21
Share
Featured
  • प्रेम सुवालले चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरूले देशमा भ्रष्टाचार बढाएको बताए।
  • उनले पद नपाएसम्म इमानको कुरा गर्ने र पद पाएपछि बेइमान हुने राजनीतिले जनतालाई धोका दिएको उल्लेख गरे।
  • सुवालले राजनीतिक दलको उद्देश्य निःस्वार्थ सेवा हुनुपर्ने र दलको विधानमा यसबारे स्पष्ट उल्लेख हुनु आवश्यक भएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको बताएका छन् ।

सोमबार भएको सर्वदलीय बैठकमा उनले सिद्धान्तहीन गठबन्धनले देशमा भ्रष्टाचार बढेको भन्दै पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले जनतालाई धोका भएको बताए ।

उनले भने, ‘चुनाव जित्न र सरकारमा पुग्न सिद्धान्तहीन गठबन्धन गर्नेहरुकै कारण देशमा भ्रष्टाचार बढेको हो । पद नपाएसम्म इमानको कुरा गर्ने पाएपछि बेइमान गर्ने राजनीतिले देश र जनतालाई धोका भएको हो ।’

यस्तै, उनले धेरै पटक प्रधानमन्त्री र मन्त्री हँदैमा त्यो जनताको नहुने रहेछ भन्ने कुरा देखा परेको भन्दै यस विषयतर्फ सबै सचेत हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘धेरै पटक प्रधानमन्त्री र मन्त्री हुँदैमा त्यो जनताको नहुने रहेछ भन्ने कुरा पनि देखा परेको छ । जस्तै राणा शासन त्यति लामो हुुँदा पनि जनताले रुचाएन नि । यसतर्फ सबै सचेत हुन आवश्यक छ । दलको नाम मात्र फरक छ तर सरकारमा गएर गर्ने काम एउटै छ । केही फरक छैन् ।’

भदौ २३ र २४ को घटनाले सरकारहरुले समयमा देश र जनताको समस्या समाधान गर्न नसकेको कुरा देखिएको भन्दै राजनीतिक दलको उद्देश्य देश र जनताको निःस्वार्थ सेवा हो र यो कुरा दलको विधानमा उल्लेख हुनुपर्ने पनि उनको भनाई छ ।

यो समाचारमा

नेपाल मजदुर किसान पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...