संविधानलाई सही बाटोमा फर्काउन चुनाव अनिवार्य छ : गगन थापा

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

16
Share
Featured
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको चुनाव अनिवार्य भएको र यसले संविधानलाई आफ्नो बाटोमा फर्काउन मद्दत गर्ने बताए।
  • उनले निर्वाचन भए पनि उठेका समस्या सम्बोधन नभए निर्वाचनपछाडि पनि अशान्ति हुन सक्ने चेतावनी दिँदै, चुनावको परिणाम पार्टीको आन्तरिक विषय भएको बताए।
  • १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार भएको उल्लेख गर्दै उनले निर्माणात्मक नेतृत्व र पार्टी सुधारको लागि अधिवेशन आवश्यक भएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान अवस्थामा फागुन २१ गतेको चुनाव अनिवार्य भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नम्बर ४ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको कस्तो परिणाम आउछ भन्ने कुरा पछिको विषय भएको भन्दै अहिले संविधानलाई आफ्नो बाटोमा फर्काउनको लागि फागुन २१ गतेको चुनाव अनिवार्य भएको बताए ।

उनले भने, ‘आजको समयमा चुनाव हुन्छ कि हुदैँन्, चुनाव भएन भने के होला चुनाव हुदैँ गर्दा शान्तिपूर्ण होला कि नहोला भन्ने एउटा पाटो छ । यो कुरामा नेपाली काङ्ग्रेसको तर्फबाट पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले भन्नु पर्छ । कि फागुन २१ गते चुनाव गर्ने कुरा अनिवार्य छ । चुनावको परिणाम के होला, हाम्रो लागि कति अनुकूल होला त्यो हाम्रो आन्तरिक विषय हो त्यसलाई हामी मिलाउला तर फागुन २१ गतेको चुनाव किन आवश्यक छ भने संविधान आफ्नो बाटोभन्दा बाहिर गएको छ । त्यसलाई आफ्नो बाटोमा फर्काउनको लागि फागुन २१ गतेको चुनाव गर्ने, त्यसले नयाँ संसद ल्याउछ त्यसपछि विस्तारै काम अगाडि बढ्छ ।’

यस्तै, उनले निर्वाचन अनिवार्य भएपनि अहिले उठेका विषयहरु सम्बोधन भएन भने निर्वाचन पछाडी पनि कुनै न कुनै अशान्ति भई नै हाल्ने बताए ।

उनले भने, ‘संसद पहिला पनि थियो सरकार पहिला पहिला पनि थियो । अस्ति बनेको सरकारको ठाँउमा कुनै नयाँ सरकार बन्ला पार्टीहरु यही हो, निर्वाचन प्रणाली यही हो । सबै पार्टी कतै न कतै एउटा एउटा शक्तिमा आइहाल्छौ । फेरि मिलिजुलि सरकार बन्ला फेरि सरकार जान्छ । अहिले उठेका विषयहरु सम्बोधन भएन भने निर्वाचन पछाडी पनि कुनै न कुनै अशान्ति भई नै हाल्छ । निर्वाचन अनिवार्य छ तर त्यसले मात्र पुग्दैन् ।’

अधिवेशन भनेको नयाँ नेतृत्व आउने कुरा मात्रै होइन, पार्टी नयाँ बनाउने कुरा पनि भएको भन्दै आफू १५औँ महाधिवेशनको सभापतिको उमेदवार बनेको बताए । उनले भने, ‘म अहिले पार्टीको सभापतिको १५औँ महाधिवेशनको सभापतिको उमेदवार हो । म पार्टीको सभापति बन्छु, बन्न चाहान्छु तर अहिले हामीले किन अधिवेशन गरेर जानु पर्छ भन्दा अधिवेशन नेतृत्व नयाँ आउने कुरा मात्रै होइन, पार्टी नयाँ बनाउने कुरा पनि हो ।’

यो समाचारमा

काठमाडौँगगन थापानेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...