रमेश उप्रेती भन्छन् : कलाकारले गाली र ताली दुवै इन्जोय गर्नुपर्छ

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

20
Share
Featured
  • अभिनेता रमेश उप्रेती पुनः नेपाली फिल्म क्षेत्रमा सक्रिय देखिँदै आएका छन् । अभिनयलाई उनले मनबाट जन्मिने गहिरो अनुभूति भन्दै निरन्तर नयाँ र चुनौतीपूर्ण भूमिकाको खोजीमा रहने बताएका छन्।
  • कलाकारको राजनीति, विदेश पलायन र सामाजिक असन्तोषबारे बोल्दै उनले नेतृत्व सचेत हुनुपर्ने धारणा राखे । नेपाली फिल्म क्षेत्रलाई अझै उद्योगको मान्यता नदिइएकोमा उनले गुनासो गरे।
  • सफलताका लागि कुनै निश्चित सूत्र नहुने भन्दै उनले आलोचना–प्रशंसालाई समान रूपमा लिन, सन्तुष्टिभन्दा अघि बढिरहन र जीवन इमानदारीपूर्वक बाँच्न युवालाई सन्देश दिए ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कुनै समयका सुपरस्टार अभिनेता रमेश उप्रेती पछिल्ला वर्षहरूमा फेरि नेपाली फिल्म क्षेत्रमा सक्रिय देखिएका छन् ।

केही नयाँ फिल्ममार्फत दर्शकमाझ पुनःउपस्थित भएका उप्रेती उमेरले अधबैँस नाघेपनि शारीरिक फिटनेस र सक्रियतामा अझै उस्तै देखिन्छन् । पर्दामा उनी अहिले पनि ‘चकलेटी हिरो’कै छविमा देखिँदै आएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उप्रेतीले अभिनयलाई कुनै निश्चित परिभाषामा बाँध्न नसकिने अनुभवको रूपमा व्याख्या गरे । ‘अभिनय एउटा फिलिङ हो, चाहना र इच्छाबाट जन्मिने प्रक्रिया हो,’ उनले भने, ‘यो मनले रोजेको पेसा हो, जसको निष्कर्ष निकाल्न सकिँदैन । सागरजस्तै गहिरो छ ।’

विदेश पलायन र कलाकारको राजनीतिक भूमिकाबारे बोल्दै उनले व्यक्तिगत चाहना, बाध्यता र पारिवारिक कारणले मानिस विदेश जाने गरेको बताए । कलाकार राजनीतिमा सफल हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनी केही सशंकित देखिए ।

नेपालजस्तो धेरै समस्या र अनियमितता भएको मुलुकमा कलाकारको ‘सफ्ट’ स्वभावले नेतृत्वमा सफलता पाउँछ भन्नेमा आफू ढुक्क नभएको उनको भनाइ थियो । यद्यपि, उनी आशावादी दृष्टिकोण राख्नुपर्नेमा जोड दिन्छन् । ‘अँध्यारोपछि उज्यालो आउँछ,’ उनले भने, ‘बिग्रिएपछि बन्छ । निराश हुनु हुँदैन ।’

पछिल्ला वर्षहरूमा देखिएका असन्तोष र आन्दोलन दीर्घकालीन समस्याको परिणाम भएको उल्लेख गर्दै उनले त्यसलाई हल्का रूपमा लिए भविष्यमा अझ ठूलो विस्फोट हुन सक्ने चेतावनी दिए । नेताहरू र नीति–निर्माताहरू सचेत र जिम्मेवार हुनुपर्ने उनको आग्रह छ ।

नेपाली फिल्म क्षेत्रलाई अझै ‘उद्योग’ भन्न नसकिने उनको धारणा छ । सरकारले सिनेमालाई उद्योगका रूपमा परिभाषित नगरेको, बजेट र नीतिगत समर्थन नदिएकोमा उनले गुनासो गरे । ‘मूल्य नपाएको गहना फलामजस्तै हुन्छ,’ उनले भने, ‘आज कलाकारको अवस्था पनि त्यस्तै छ ।’

कलाकारितामा सफल हुन कुनै निश्चित सूत्र नहुने बताउँदै उप्रेतीले मनदेखि लागे एक न एक दिन सफलता मिल्ने विश्वास व्यक्त गरे । प्रविधिको विकाससँगै कलाकारको आम्दानीका स्रोत बढेको भए पनि करियर सधैं स्थिर नहुने उनले स्वीकारे । ‘हरेक शुक्रबार कलाकारका लागि चुनौती हुन्छ,’ उनले भने, ‘फिल्म चल्ला कि नचल्ला भन्ने डर सँधै हुन्छ ।’

आलोचना र प्रशंसालाई समान रूपमा लिन सक्ने कलाकार मात्र दीर्घकालीन रूपमा टिक्ने उनको अनुभव छ । ‘गाली र ताली दुवै इन्जोय गर्न सक्नुपर्छ,’ उनले भने, ‘गालीले सुध्रिने मौका दिन्छ ।’

आफू हरेक दिन नयाँ र चुनौतीपूर्ण भूमिका खोजिरहने कलाकार भएको बताउँदै उप्रेतीले सन्तुष्टिको क्षणमै कलाकारको यात्रामा विराम लाग्ने धारणा राखे । फिल्मको व्यापारिक सफलताभन्दा पनि काम गर्दा आउने सन्तुष्टिलाई उनले प्राथमिकता दिए ।

युवापुस्तालाई सन्देश दिँदै उनले जीवनलाई तनावमुक्त र इमानदारीका साथ बाँच्न आग्रह गरे । ‘यो जीवन एकपटक मात्रै पाइन्छ,’ उनले भने, ‘आफूलाई जे मन लाग्छ, त्यही अनुसार जीवन जिउनुहोस् ।’

नेपाली दर्शकको रुचि नबदलेको बताउँदै उप्रेतीले पारिवारिक ड्रामा, कमेडी र एक्सन सधैं चल्ने जनाए । नेपाली फिल्म सानो बजेटमा बन्ने भएकाले दर्शक पनि त्यहीअनुसार अपेक्षा लिएर हल जाने उनको भनाइ छ ।

आफू अभिनित नयाँ फिल्म ‘झरीपछिको इन्द्रेणी’ पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित रहेको जानकारी दिँदै उनले यसले हरेक पुस्तालाई प्रतिनिधित्व गर्ने बताए ।

‘फिल्मले समाज परिवर्तन होइन, इन्टरटेन गर्नुपर्छ,’ उनले भने, ‘दर्शकले पैसा असुल भयो भन्ने महसुस गरे भने त्यही नै हाम्रो सफलता हो ।’

निर्देशनमा जाने योजना नरहेको स्पष्ट पार्दै उप्रेतीले आफू कलाकारकै रूपमा राम्रो कथा र टिमसँग काम गर्न चाहने बताए ।

यो समाचारमा

रमेश उप्रेतीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...