काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले राजतन्त्र फर्कन सक्ने भनी दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक स-ञ्जालमार्फत उनले लेखेका छन्, "पूर्वराष्ट्रपतिको भनाइमा उदेक लाग्यो, आफैँ उभिएको धरातलप्रति विश्वास किन डगमगायो?"
त्यसैगरी, ज्ञवालीले महाधिवेशन सकिएलगत्तै पार्टीभित्र केही नेताहरूले गरेको छुट्टै भेलाप्रति पनि कडा आपत्ति जनाएका छन् । उनले महाधिवेशनबाट अनुमोदित नेतृत्वलाई चुनौती दिने यस्ता कार्यले पार्टीलाई अन्त्यहीन 'बहस क्लब' मा रूपान्तरण गर्ने बताए ।
"महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो, त्यसको फैसला अन्तिम नमानिने हो भने पार्टी कहीँ पुग्दैन," उनले लेखेका छन् ।
ज्ञवालीले महाधिवेशनले नेतृत्वको वैधतामाथि उठेका प्रश्नहरूको स्पष्ट जवाफ दिइसकेको भन्दै अब 'दुई लाइनको संघर्ष' जस्ता कुरा बोकेर हिँड्नुको अर्थ नभएको बताए । उनले पार्टीको सम्पूर्ण ऊर्जा अब लोकतन्त्र, संविधानको रक्षा, सुशासन र राष्ट्रिय स्वाभिमानको लडाइँमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।