‘राजस्व र स्रोत साधनको न्यायोचित बाँडफाँटमा आयोगको भूमिका उल्लेख्य’

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार १९:०८

13
Share
Featured
  • राष्ट्रिय सभाध्यक्ष नारायणप्रसाद दाहालले आयोगले तीनै तहका सरकारको खर्च, जिम्मेवारी र राजस्व असुली सुधारका उपाय सुझाउने बताए।
  • आयोगले संघ, प्रदेश र स्थानीय तहबीच राजस्व तथा स्रोत साधनको न्यायोचित बाँडफाँटका लागि आधार र ढाँचा तय गर्दै आएको उल्लेख गरे।
  • वित्तीय स्रोत समयमै हस्तान्तरण नहुँदा योजना र बजेट कार्यान्वयन प्रभावित भइरहेकोमा उनले चिन्ता व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आयोगले तीनै तहका सरकारको खर्च, जिम्मेवारी र राजस्व असुली सुधारका उपाय सुझाउने बताएका छन् ।

आइतबार काठमाडौंमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रकाशन गरेको ‘वित्तीय सङ्घीयता दर्पण–२०८२’ को लोकार्पण गर्दै उनले आयोगको ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ मा व्यवस्था भए अनुसार आयोगले संघ, प्रदेश र स्थानिय तहबीच राजस्व र स्रोत साधनको न्यायोचित बाँडफाँटका लागि आधार र ढाँचा तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको आएको बताए ।

उनले भने, ‘आयोगको ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ मा व्यवस्था भए अनुसार आयोगले संघ, प्रदेश र स्थानिय तहबीच राजस्व र स्रोत साधनको न्यायोचित बाँडफाडका लागि आधार र ढाँचा तय गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । आयोगले वित्तिय समानिकरण तथा सशक्त अनुदानका सम्बन्धमा संघ र प्रदेश सरकारहरुलाई सिफारिस गर्ने तीनै तहका सरकारको खर्च, जिम्मेवारी र राजस्व असुली सुधारका उपाय सुझाउने कार्य गर्दछ ।’

यस्तै, उनले आयोगले आन्तरिक ऋणको सीमा निर्धारण, प्राकृतिक स्रोतको परिचालनमा लगानी र प्रतिफलको हिस्सा तय गर्ने तथा स्रोत बाँडफाँटका क्रममा उत्पन्न हुनसक्ने विवाद समाधानका लागि अध्ययन, अनुसन्धान र समन्वयात्मक भूमिका खेल्दै आएको बताए ।

उनले भने, ‘साथै आयोगले आन्तरिक ऋणको सीमा निर्धारण, प्राकृतिक स्रोतको परिचालनमा लगानी र प्रतिफलको हिस्सा तय गर्ने, आधार तय गर्ने तथा स्रोत बाँडफाँटका क्रममा उत्पन्न हुन सक्ने विवाद समाधानका लागि अध्ययन अनुसन्धान र समन्वयात्मक भूमिका खेल्दै आएको छ ।’

सुनिश्चित गरिएको वित्तीय स्रोतको ठुलो अंश समयमै हस्तान्तरण नहुँदा योजनाहरू प्रभावित भएको भन्दै तेस्रो त्रैमासमा पाउनुपर्ने ठुलो रकमको तुलनामा निकै कम मात्र हस्तान्तरण हुनुले बजेट कार्यान्वयन प्रक्रिया नै तहसनहस हुन पुगेको पनि उनको भनाई छ ।

यो समाचारमा

नारायण प्रसाद दाहालकाठमाडौँ

ट्यागहरू

#बजेट#आयोग#नारायण प्रसाद दाहाल#काठमाडौं#व्यवस्थापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू