तेह्रथुमबाट एकल सिफारिस भए गगन थापा, कोशी प्रदेश समितिले थपिदियो सीता गुरुङको नाम

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

15
Share
Featured

काठमाडौँ । नेपाली काँग्रेसमा आगामी निर्वाचनका लागि जिल्ला-जिल्लाबाट उम्मेदवारका आकांक्षीहरूको नाम प्रदेश हुँदै केन्द्रमा सिफारिसको काम चलिरहेको छ ।

जिल्लाले नाम सिफारिस गर्दा सबैभन्दा धेरै महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ । थापा विभिन्न जिल्लासँगै तेह्रथुमबाट एकल सिफारिस भएका थिए ।

तर, कोशी प्रदेश समितिले भने उनीसँगै सीता गुरुङको पनि नाम थपेर केन्द्रमा पठाएको छ । गुरुङ विघटित प्रतिनिधि सभामा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन जित्ने एकमात्र सदस्य थिइन् ।

कोशी प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीले सीता गुरुङको नाम थपेर पठाइएको जानकारी दिए ।।

यो समाचारमा

नेपाली काँग्रेसगगन थापाकोशी प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...