अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक : मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

14
Share
Featured
  • सञ्चारमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियालाई नीतिगत रूपमा सुधार गर्दै अघि बढ्नुपर्ने बताए।
  • अनलाइन मिडियालाई दर्ता प्रक्रियामा आउन आग्रह गर्दै दर्ताबाटै राज्यको सहयोग सम्भव हुने उल्लेख गरे।
  • अनलाइन टिभीलाई नयाँ मूलधार (न्यु मेन स्ट्रिम) मिडिया भनेर परिभाषित गर्न सुझाव दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताएका छन् ।

आइतबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताउँदै यसमा सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले भने,‘अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक चाँही छ । यसले सरकारलाई भन्दापनि तपाईहरुलाई नै फाइदा हुन्छ । सरकारले नीतिगत रुपमा सुधार गरेर नै अनलाइन टिभी मिडियाहरुसँग सरकारले सहकार्य गर्नेछ ।’

त्यस्तै उनले सबै अनलाइ मिडियाहरुलाई चाँडो दर्ताको प्रकृयामा आउन आग्रह गरे ।

‘राज्यले केही न केही रुपमा सहयोग गर्नको लागि पनि दर्ता गर्नुपर्यो । राज्यले चिन्नु त पर्यो नि । यो छिटो गरौं,’ उनले भने ।

उनले अनलाइन टिभी मिडिया न्यु मेन स्ट्रिम मिडिया भएको बताउँदै मेन स्ट्रिम मिडियाले देश र जनताको लागि ठूलो सहयोग गरेको धारणा राखे ।

अनलाई टिभी मिडियालाई नयाँ मूलधारको मिडिया भनेर एउटा शब्द राख्न उनले सुझाए ।

यो समाचारमा

जगदीश खरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...