कानूनका भाषा र ढाँचाहरुमा एकरुपता ल्याउन तालिमको व्यवस्था गर्न निर्देशन

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार १६:००

29
Share
Featured
  • मन्त्री अनिल कुमार सिन्हाले कानून निर्माणमा भाषा, ढाँचा र शब्दावलीमा एकरुपता ल्याउन जनशक्तिका लागि तालिमको व्यवस्था गर्ने निर्देशन दिए।
  • उनले कानून निर्माणमा समय तोक्ने र ढिलाइ नगर्ने आश्वासन समेत दिएका छन्।
  • मन्त्रालयले सुधार, अनुगमन र तथ्यांकमा आधारित निर्णयमार्फत कानून निर्माण प्रक्रियामा प्रभावकारिता बढाउने योजना बनाएको जानकारी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कानून निर्माणको ढाँचा, शब्द आदीको विषयमा एकरुपता ल्याउनको लागि तालिमको व्यवस्था गर्ने निर्देशन दिएको बताएका छन् ।

आइतबार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा उनले कानून निर्माणको सन्दर्भमा थुप्रै विषयहरु उठेको भन्दै कानुनका भाषा र ढाँचाहरुमा सकेसम्म एकरुपता ल्याउन जनशक्तिहरुलाई तालिमको व्यवस्था गर्न निर्देश गरेको बताए ।

उनले भने, ‘मेरो तर्फबाट पनि कमी कमजोरीहरु धेरै देखिएका छन् । आफैंले पनि मूल्यांकन गर्दैछु । कानून निर्माणको सन्दर्भमा उठेका विषयमा, त्यसको ढाँचा, शब्दको विषयमा एकरुपता ल्याउनुपर्ने कुरामा मन्त्रालयमा आउने वित्तिकै पहिलो निर्णय नै यसको लागि तालिमहरु दिन सुरु गर्नु भन्ने थियो । हाम्रो कानूनका भाषा र ढाँचाहरुमा सकेसम्म एकरुपता हुनुपर्छ भन्ने हो । यसको लागि भएको जनशक्तिहरुलाई तालिमको व्यवस्था गर्नु भनेर एउटा समिति नै बनाएर त्यसको लागि अध्ययन सुरु गरेका थियौं ।’

यस्तै, उनले कानून निर्माणको सन्दर्भमा त्रुटि र ढिलाई हुन सक्ने भन्दै अब कानून बनाउनको लागि समय तोक्ने र ढिला नगर्ने आश्वासन पनि दिएका छन् ।

उनले भने, ‘कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सुधार गर्नुपर्ने कुरामा कुनै विवाद छैन् । सुधारको क्रम सँधैैँ चल्ने कुरा नै हो । कानून निर्माणको सन्दर्भमा कतै कतै त्रुटि र ढिलाई हुन सक्छ । अब कानून बनाउनको लागि यति समय भनेर समय तोक्ने योजना पनि गरेका छौ । अब ढिला नगर्ने आश्वासन पनि दिन चाहन्छु ।’

अनुगमनको काममा भने मन्त्रालय कमजोर नै हो कि भन्ने लागेको भन्दै यसको लागि क्षमायाचना गर्दै सुधार ल्याउने कुरामा ध्यान दिने पनि उनको भनाई छ ।

उनले निर्वाचन सम्बन्धी अध्यादेशको सम्बन्धमा पहिलेका जति पनि निर्वाचनहरु भएका छन् त्यो ०६८ सालको जनगणनाको आधारमा तथ्यांक विभागबाट प्राप्त भएको तथ्यांकको आधारमा भएको थियो भने अहिले ०७८ सालमा भएको जुन तथ्यांक छ त्यसका आधारमा काम भइरहेको पनि जानकारी दिएका छन् ।

यो समाचारमा

काठमाडौँअनिलकुमार सिन्हाकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

ट्यागहरू

#कानूनी#बैठक#क्षमायाचना#कानून मन्त्रालय#केन्द्रीय समिति बैठक#व्यवस्थापन#कानून

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    sajilo patrika

    तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन

    महिला उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

    डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरालाई केन्द्रमा राखेर काम गर्नुपर्छ - अर्थमन्त्री वाग्ले

    एआई र साइबर सुरक्षासहित १६६ विधेयक ल्याउने सरकारको तयारी, कानुनमन्त्रीले बुझाइन् सूची

    भर्खरै

    News Image

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    News Image

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    News Image

    घुस प्रकरणमा सुनिल पौडेललाई ८ वर्ष कैद सजाय

    News Image

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू