जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

16
Share
Featured
  • मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको सरकारले कामचोर भएर देशमा समस्या समाधान नगरेको आरोप लगाएका छन्।
  • जेनजी आन्दोलनका प्रमुख एजेण्डामा संवैधानिक सुधार, राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण र निष्पक्ष न्याय सुनिश्चित गर्ने माग रहेका छन्।
  • आन्दोलनका क्रममा लगाइएका मुद्दा खारेज, गिरफ्तार युवाको रिहाइ, घाइतेको उपचार र क्षतिपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ, साथै भोलि माइतीघरमा देशव्यापी शान्तिपूर्ण आन्दोलन हुने घोषणा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेन–जी आन्दोलन “नेपो किड”का अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको गतिविधिको चर्को आलोचना गरेका छन् । आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा सभामा उनले सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए ।

उनले भने, ‘सुशीलाजीले के गर्नुभयो र ? केही पनि गर्नुभएको छैन । समस्या के हो सरकारले कहिल्यै राम्रोसँग हेरेन । सुरुमा उदाहरणीय देखिएको भएपनि अहिले सरकार कामचोर हो कि जस्तो लाग्छ । यस्तो सरकार देखिएको थिएन ।’

उनले सरकारले गरेको कामको चित्त नबुझेर नै आन्दोलनका उत्रिन लागेको बताए । ढुंगानाले प्रधानमन्त्री पदमा कसको समर्थनमा पुगेको हो भन्ने प्रश्न उठाउँदै भने, ‘कसको छातीमा बसेर तपाईं प्रधानमन्त्री बन्नुभयो ? देशलाई निकास दिनुहुन्न, स्थिरता दिनुहुन्न, आठ तारिखमा विद्रोह भएको अवस्था र अहिलेको अवस्था उस्तै छ, झन् गम्भीर बनेको छ ।’

उनले शान्ति–सुरक्षाप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै भने ‘शान्ति सुरक्षाका लागि सरकारले के गरिरहेको छ ? जनतालाई थाङ्नामा सुताउने काम स्वीकार्य हुँदैन ।’

ढुंगानाका अनुसार जेनजी आन्दोलनका प्रमुख एजेण्डामा संवैधानिक सुधारसहित राज्यको पुनःसंरचनात्मक परिवर्तन, राजनीतिक स्थिरता, निष्पक्ष न्याय, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीमाथि कडा कारबाही रहेका छन्।

त्यसैगरी दिगो विकास र समृद्धिका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गठन गरी सर्वसम्मत सुधार प्रक्रिया तय गर्नुपर्ने माग पनि उनले अघि सारे ।

आन्दोलनका क्रममा आफ्ना माग राखेकै आधारमा जेनजी अभियन्तामाथि लगाइएका मुद्दा खारेज गर्न, पक्राउ परेका निर्दोष युवालाई तत्काल रिहा गर्न उनले सरकारसँग माग गरे ।

जेनजी जनआन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घन, घातक दमन तथा युवाको हत्या घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उनले बताए । साथै आन्दोलनमा घाइते भएकाको उचित उपचार, क्षतिपूर्ति र भरपोषणको व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।

ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गर्दै भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् ।

यो समाचारमा

काठमाडौँसुशीला कार्कीजेन–जी आन्दोलन “नेपो किड”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...