साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि इस्ट बङ्गाललाई

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

30
Share
Featured
  • साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बङ्गालले जित्यो।
  • फाइनलमा इस्ट बङ्गालले नेपालको एपीएफ क्लबलाई ३–० ले पराजित गर्‍यो।
  • कप्तान फजिला इक्वापुटले दुई र शिल्कीदेवी हनामले एक गोल गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको थियो ।

हिजो भएको खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरेकी थिइन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् ।

कप्तान इक्वापुटले खेलको २२औँ मिनेटमा गोल गरेकी थिइन् । नेपालकी गोलकिपर अञ्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बङ्गालले अवसर पायो । जसलाई कप्तान फजिलाले सदुपयोग गर्दै गोल गर्न सफल भएकी हुन् ।

त्यसपछि खेलको ३५औँ मिनेटमा इस्ट बङ्गालले आफ्नो टोलीको अग्रता दोब्बर बनायो । उसका लागि शिल्कीदेवी हनामले गोल गरिन् ।

खेलको दोस्रो हाफको सुरुआती मिनेटमा इस्ट बङ्गालले तेस्रो गोल गरेसँगै प्रतियोगितामा विजयी भएको हो ।

गत मङ्सिर १९ गतेदेखि सञ्चलान भएको उक्त प्रतियोगितामा पाँच वटा देशहरुको सहभागिता थियो । फाइन खेल्ने दुई टोलीसहित पाकिस्तानको कराँची सिटी एफसी, बंगलादेशको नासिर स्पोर्टस एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड रहेका थिए ।

यो समाचारमा

काठमाडौँभारतपाकिस्तानफुटबल
भुटान5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...