ला लिगा: सेभियालाई हराउँदै रियल म्याड्रिड दोस्रो स्थानमा

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

27
Share
Featured
  • रियल म्याड्रिडले सेभियालाई २–० गोलले पराजित गर्‍यो।
  • जुड बेलिङ्घम र किलियन एम्बाप्पेले एक–एक गोल गरे।
  • जितपछि रियल १८ खेलबाट ४२ अंकसहित ला लिगाको दोस्रो स्थानमा पुगेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले सेभियालाई पराजित गरेको छ । गएराति भएको खेलमा रियलले सेभियालाई २-० गोल अन्तरले हराएको हो ।

रियल म्याड्रिडको जितमा स्टार खेलाडीहरू जुड बेलिङ्घम र किलियन एम्बाप्पेले एक-एक गोल गरे । खेलको ३८औँ मिनेटमा बेलिङ्घमले गोल गर्दै रियललाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पनि आफ्नो दबाब कायम राखेको रियलका लागि खेलको ८६औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै टोलीको जित २-० ले सुनिश्चित गरे ।

यो जितसँगै रियल म्याड्रिडले १८ खेलबाट ४२ अंक जोडेको छ र लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित सेभिया भने १७ खेलमा २० अंकसहित नवौं स्थानमा रहेको छ ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...