पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुसरालाई १७-१७ वर्ष जेल सजाय

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

15
Share
Featured
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै जनही १७ वर्षको जेल सजाय सुनाइएको छ।
  • संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले उनीहरूलाई जनही १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेको छ।
  • इमरान खानलाई आपराधिक विश्वासघात र भ्रष्टाचारका दुई कानुनअन्तर्गत सजाय सुनाइएको हो; जरिवाना नतिरे थप कैद भोग्नुपर्नेछ, र खान हाल अडियाला जेलमा छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै १७-१७ वर्षको जेल सजाय सुनाइएको छ ।

पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले शनिबार उनीहरूलाई जनही १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ जरिवानासहित जेल सजायको फैसला सुनाएको हो ।

अदालतले इमरान खानलाई आपराधिक विश्वासघात र भ्रष्टाचारसम्बन्धी दुई फरक-फरक कानुनअन्तर्गत क्रमशः १० वर्ष र ७ वर्ष गरी कुल १७ वर्षको सश्रम कारावासको सजाय तोकेको छ । उनकी पत्नी बुसरालाई पनि सोही प्रावधानअनुसार समान सजाय सुनाइएको हो ।

जरिवाना नतिरेमा उनीहरूले थप जेल सजाय भोग्नुपर्नेछ । खान हाल रावलपिन्डीस्थित अडियाला जेलमा बन्दी छन्।

यो समाचारमा

पाकिस्तानकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...