जेनजी आन्दोलनले सत्ता र संसदलाई दुई दिनमा खरानी बनाइदियो : विप्लव

Author

सजिलो पत्रिका

२०८२ पुस ०५, शनिबार

14
Share
Featured
  • माओवादी महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले जेनजी पुस्ताले बन्दुकबिना नै मोबाइलको प्रयोगमार्फत लडाइँ जित्न सक्ने कुरा प्रमाणित गरेको बताए।
  • उनले जेनजी आन्दोलनले भ्रष्टाचार, दमन र लुटमा आधारित संसदीय व्यवस्था तथा सरकारलाई दुई दिनमै ढालेको दाबी गरे।
  • केपी ओली सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि भदौ २३–२४ मा भएको आन्दोलनले सत्ता र संसदलाई “खरानी” बनाएको विप्लवको भनाइ छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले जेनजी पुस्ताले बन्दुकबिना पनि लडाई जित्न सक्ने कुरा साबित गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित जेनजीसँग विप्लव अन्तर संवाद कार्यक्रममा बोल्दै उनले जेनजी पुस्ताले मोबाइल मार्फत नै दुई दिनमा देशको राज्य सत्ता जरैबाट उल्टाइ दिएको भन्दै नयाँ पुस्ता शक्तिको पक्षमा उभिने आँट गर्यो भने लडाइ जित्न बन्दुक नचाहिने बताए ।

उनले भने, ‘मान्छेले बन्दुक मात्रै ठूलो भन्छन् तर त्यो होइन । जनतालाई कुरा बुझाउन सक्यो भने जनताले साथ दियो भने र तपाईहरु जस्ते नयाँ पुस्ताले शक्तिको पक्षमा उभिने आँट गर्यो भने बन्दुक चाहिँदैन, रहेछ मोबाइलले नै दुई दिनमा देशको राज्यसत्ता जरैबाट उल्टाइ दियो र तपाईंहरु सफल भएर आउनु भयो । यो साच्चिकै महान कुरा हो ।’

यस्तै, उनले कसैले पनि ढाल्न नसकेको संसदीय व्यवस्था र राज्यको कोषलाई मुठिभर शासकहरुले लुट मच्चाएर जनतालाई दमन गर्ने सरकारलाई जेनजी पुस्ताले ढालेको पनि बताए ।

उनले भने, ‘आज भन्दा तीन महिना अगाडि जेनजी पुस्ताले कसैले पनि ढाल्न नसकेको संसदीय व्यवस्था, भ्रष्टहरुको केन्द्र, देशलाई लुटेर जुगा जस्तो मोटाएका शासकहरु हाम्रा जनतालाई ठगेर हाम्रो देशमा जम्मा भएको कोषलाई भ्रष्टाचार गरेर आफ्ना आसेपासेहरुलाई खुवाएर देशमा मात्र होईन विदेशमा पनि पैसा थुपारेर हाम्रो देशको नागरिकहरुले कर तिरेर जम्मा गरेको राज्यको कोषलाई मुठिभर शासकहरुले लुट मच्चाएर जनतालाई दमन गर्ने सरकारलाई ढालेको छ ।’

खड्गप्रसाद शर्मा ओलीको सरकारले बोल्ने ठाँउ पनि नराखेर सामाजिक सञ्जाललाई बन्द गरेपछि भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन “नेपो किड” भएको भन्दै त्यो आन्दोलनले सत्ता र संसदलाई दुई दिनमा खरानी बनाएको पनि उनको भनाई छ ।

उनले भने, ‘केपी ओलीको सरकारले बोल्ने ठाँउ पनि नराखेर सामाजिक सञ्जाललाई बन्द गरिदियो, भ्रष्टाचार र दमनले जनताहरु समस्यामा परिरहेको बेला सामाजिक सञ्जालमा बोल्न पनि बन्द गर्ने निर्णय गरेपछि भदौ २३ र २४ गतेको आन्दोलन भयो । त्यो आन्दोलनले सत्ता र संसदलाई दुई दिनमा खरानी बनाइदियो ।’

यो समाचारमा

जेन–जी आन्दोलन “नेपो किड”नेपाल कम्युनिष्ट पार्टी (माओवादी)खड्गप्रसाद शर्मा ओलीनेत्रविक्रम चन्द
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...