मुस्ताङमा सीमा सुरक्षा लागि नेपाल–चीनको संयुक्त निगरानी गस्ती

Author

सजिलो पत्रिका

२०८२ पुस ०५, शनिबार

10
Share
Featured
  • मुस्ताङको कोरला सीमा क्षेत्रमा नेपाल–चीन सुरक्षा अधिकारीहरूले नियमित संयुक्त गस्ती सुरु गरेका छन्।
  • गस्तीको मुख्य उद्देश्य अवैध क्रियाकलाप रोकथाम, सीमा सुरक्षा र शान्ति कायम राख्नु रहेको छ।
  • टोलीमा नेपालतर्फ १० र चीनतर्फ ५ गरी १५ जनाको संयुक्त सुरक्षा टोली खटाइएको छ र हिउँदयाममा समेत नियमित निगरानी हुने योजना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालचीनबीचको उत्तरी कोरला सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ। हिउँदयामको माइनस डिग्री तापक्रमको चुनौतीका बाबजुद नेपाल–चीनका सुरक्षा अधिकारीहरूले सीमा क्षेत्रको निगरानी बढाउन नियमित गस्ती थालेका हुन्।

सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटर जोमसोमका प्रमुख नायब उपरीक्षक भेषराज गिरीका अनुसार, डोल्पातर्फ पर्ने २१, २२, २३ र २४ नं सीमा स्तम्भमा संयुक्त गस्ती गरिएको हो। गस्तीको मुख्य उद्देश्य सीमा क्षेत्रमा हुनसक्ने अपराध नियन्त्रण, अवैध निकासी रोकथाम, अवाञ्छित गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षामा निगरानी गर्नु रहेको छ।

कोरला नाकामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) नेचुङका इञ्चार्ज निरीक्षक अरुण भण्डारीका अनुसार, नेपाल–चीनका सुरक्षा टोलीले चारवटा सीमास्तम्भमा संयुक्त गस्ती सञ्चालन गरेका छन्। नेपालतर्फ १० र चीनतर्फ ५ गरी १५ जनाको टोली खटाइएको छ।

सशस्त्र प्रहरीले हिउँदयामको मौसममा समेत कोरला नाका र अन्य सीमास्तम्भमा नियमित संयुक्त सुरक्षा गस्ती गर्ने योजना रहेको जनाएको छ। यसबाट अवैध क्रियाकलाप रोक्न र सीमा क्षेत्रमा सुरक्षा कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसअघि गत आइतबार अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र छोसेर प्रहरी चौकीका सुरक्षाकर्मीहरूले सेताम्मे हिउँमा २५ देखि २८ नं सीमा स्तम्भमा संयुक्त गस्ती सम्पन्न गरेका थिए।

यो समाचारमा

काठमाडौँनेपालचीनजोमसोम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...