एमडिएमएस प्रणाली भ्रष्टाचारको जालोभित्र जकडिएको छ, त्यो च्यात्नैपर्छ : सञ्चारमन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ पुस ०५, शनिबार

13
Share
Featured
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले एमडिएमएस भ्रष्टाचारको जालोभित्र परेको बताए र सुधार अनिवार्य भएको बताएका छन्।
  • मोबाइल व्यवसायले आर्थिक गतिशीलता बढाउने, रोजगार सिर्जना गर्ने र सामाजिक सम्बन्ध जोड्ने महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
  • मन्त्री खरेलले व्यवसायीहरूसँग समस्या छलफल गरी व्यावहारिक सुधार गर्ने प्रयास गर्ने र नयाँ सोचबाट समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)का विषयमा आफू मन्त्री बनेपछि अध्ययन, बुझाइ र समीक्षा गरेको बताएका छन् ।

शनिबार नेपाल मोबाईल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभालाई सम्बोधन गर्दै उनले एमडिएमएस भ्रष्टाचारको जालोभित्र जकडिएको र त्यस जालोलाई च्यात्नैपर्ने बताए ।

‘एमडिएमएसको कुरा म मन्त्री भएर आउने बित्तिकै सोधे, बुझे, पढे । भष्ट्रचारको जालोभित्र जकडिएर बसेको रहेछ । त्यो भष्ट्रचारको जालोभित्र भएको एमडिएमएसलाई त्यो जालो च्यात्यौँ भनेर खोजेको स्वस्थानी ब्रतकथामा महादेवले झुपडी च्यातेर सुनै सुनको महल बनाए जस्तो त हँुदो रहेनछ,’ उनले भने, ‘अनि मैले अध्ययन गरे त्यो समय लाग्छ होला तर त्यो च्यात्न चै पर्छ ।’

प्रविधिमन्त्री खरेलले मोबाइल व्यवसायले देशको आर्थिक गतिशीलता बढाउनुका साथै सामाजिक र पारिवारिक सम्बन्ध जोड्ने महत्वपूर्ण भूमिका खेलेको बताए ।

मन्त्री खरेलले मोबाइल व्यवसायमा अधिकांश युवा संलग्न रहेको र यस क्षेत्रमार्फत करिब १ लाख जनाले रोजगारी पाएको जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा मात्र करिब ४ हजार मोबाइल व्यवसायी सक्रिय छन् ।

मन्त्री खरेलले मोबाइल व्यवसाय सूचना प्रविधि मन्त्रालयसँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र भएकाले व्यवसायीहरूको भूमिकाप्रति नेपाल सरकार, सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट धन्यवाद व्यक्त गरे ।

एमडिएमएस सुधार आवश्यक रहेको उल्लेख गर्दै मन्त्री खरेलले यसबाट सरकारलाई प्राप्त हुने राजस्व र व्यवसायीहरू दुवै स्पष्ट हुने बताए ।

‘त्यो च्यात्न पर्छ यस अर्थमा कि हामीले च्यात्यौ भने सरकारलाई आउने राजस्व स्पष्ट हुन्छ, व्यवसायीहरु स्पष्ट हुन्छन् । म अरु जस्तो नेपाललाई सिंगापुर बनाउछु भन्दिन मसँग २ महिना मात्र छ यो ६ महिनाको सरकार हो २ महिना समय बाँकी छ म कति सक्छु तपाईहरुले उठाउनु भएका बुद्धागतरुप मागहरु छन,’ उनले भने, ‘यो समयभित्र सकेसम्म व्यावहारिक सुधार गर्ने प्रयास गर्छु ।’

उनले नेपाल मोबाइल व्यवसायी महासंघको केन्द्रीय नेतृत्वलाई मन्त्रालयमा आमन्त्रण गर्दै व्यावहारिक समस्याहरू लिएर छलफलमा आउन आग्रह गरे । ‘सम्बन्धित निकायसँगै बसेर समस्या समाधान गर्ने प्रयास सरकार र व्यवसायी मिलेर गरौँ,’ उनले भने । अन्त्यमा मन्त्री खरेलले वर्तमान सरकारलाई ‘जेनजीको सरकार र जेनजीको मन्त्री’ भन्दै नयाँ सोच र सहकार्यबाट समाधान खोजिने विश्वास व्यक्त गरे ।

यो समाचारमा

जगदीश खरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...