जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

25
Share
Featured
  • भक्तपुर नगरपालिका–७ गोलमडीबाट जुवातास खेलिरहेको अवस्थामा ६२ वर्षीय राधेश्याम सैजुसहित १२ जना पक्राउ परेका छन्, उनीहरूको साथबाट २ लाख १४ हजार ९ सय ५० रुपैयाँ र ३ बुक तास बरामद भएको छ।
  • नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–३ बर्मस्थानबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा २ जना पक्राउ परेका छन्, नगद १ लाख ४७ हजार ८ सय ८५ रुपैयाँ र १६ थान कौडा बरामद गरिएको छ।
  • दुबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भक्तपुर, भक्तपुर नगरपालिका-७ गोलमडीबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६२ वर्षीय राधेश्याम सैजु समेत १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मध्यविन्दु नगरपालिका-३ बर्मस्थान बस्ने ५२ वर्षीय नन्दराज गुरूङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा नन्दराज र सोही नगरपालिका-२ बस्ने ४२ वर्षीय तेज बहादुर चौधरीलाई गए राति प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ८ सय ८५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचारमा

भक्तपुर नगरपालिकाभक्तपुरकाठमाडौँमध्यविन्दु नगरपालिका
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...