रुपन्देही अदालती प्रक्रिया सकेर रवि लामिछाने चितवन जाने

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

18
Share
Featured
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनमा आम नागरिक र पार्टी कार्यकर्ता भेटघाट तथा सम्बोधन कार्यक्रम गर्दैछन्।
  • पार्टीका सदस्यलाई तोकिएको समयमा भरतपुर चौबिसकोटीमा भेला भएर सभापति अगाडि अघि बढ्न निर्देशन दिइएको छ।
  • लामिछानेलाई उच्च अदालत बुटवलले शर्तसहित थुनामुक्त गर्ने आदेश दिएको छ, जुन जिल्ला अदालत रुपन्देहीमा लागु हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनबासीहरुसंग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको छ ।

भोली शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम हुने हुंदा चितवनका टोल तथा वडा तह देखी जिल्ला तह सम्मका समितीका सम्पूर्णलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरिएको छ ।

साथै चितवन स्थित केन्द्र तथा प्रदेश प्रतिनिधी ज्युहरूलाई पनि यसै सूचनाका साथ उपस्थितीका लागि अनुरोध गरेको छ ।

पार्टी पंक्तिका सदस्यहरुलाई भने १०ः३० बजे भरतपुरको चौबिसकोटीमा एकत्रित भएर सभापतीलाई अगाडि लगाएर लामबद्द भए अगाडि बढ्न आग्रह गरिएको छ ।

थुनामुक्त हुने आदेश पाएका लामिछाने शुक्रबार जिल्ला अदालत रुपन्देही पुग्ने कार्यक्रम छ ।

बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो । उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ ।

यो समाचारमा

रवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...