भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

18
Share
Featured
  • काठमाडौंको भृकुटीमण्डपमा ‘११औँ नेपाल वुड इन्टेरनेशनल एक्स्पो तथा नेपाल फर्निचर एक्स्पो २०२५’ सुरु भई पौष ६ गतेसम्म सञ्चालन हुनेछ।
  • प्रदर्शनीमा फर्निचर, इन्टेरियर, काठसम्बन्धी मेसिनरी तथा सामग्रीका स्वदेशी–विदेशी १०० भन्दा बढी स्टल छन्।
  • आधुनिक प्रविधि भित्र्याउँदै काठ, फर्निचर र इन्टेरियर क्षेत्रको विकास र आधुनिकीकरणमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘११औँ नेपाल वुड इन्टेरनेशनल एक्स्पो तथा नेपाल फर्निचर एक्स्पो २०२५’ आज देखि सुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको उक्त प्रदर्शनी पौष ६ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूसँग सम्बन्धित स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टलहरू रहेका छन् ।

फर्निचर, प्लाइउड तथा काठ औजार उत्पादक कम्पनीहरू, ल्यामिनेट तथा विभिन्न कम्पनीका डिलर, सब–डिलर र विक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र नवीन प्रविधिबारे जानकारी गराउने उद्देश्यले विगत १० वर्षदेखि यो प्रदर्शनी महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित हुँदै आएको आयोजकले जनाएको छ ।

यस ११ औँ संस्करणको प्रदर्शनीमार्फत विश्वभर ख्यातिप्राप्त कम्पनी तथा ब्राण्डका अत्याधुनिक प्रविधि र सामग्रीलाई नेपाली बजार तथा स्वदेशी उद्योगमा प्रयोगमा ल्याउने पहल गरिएको छ । यसले साना देखि ठूला उद्योगसम्मलाई प्रयोग भइरहेका मेसिनरी तथा प्रविधिको स्तरोन्नति गरी उत्पादनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल सहयोगी संस्थाको रूपमा रहेका छन् ।

इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका विज्ञहरूद्वारा नवीनतम प्रविधि, इन्टेरियर डिजाइन, फर्निचरलगायत विविध विषयमा आधारित दुई दिने सेमिनार तथा गोष्ठी कार्यक्रमसमेत आयोजना गरिनेछ ।

यस प्रदर्शनीले नेपालमा काठ, फर्निचर तथा इन्टेरियर क्षेत्रको विकास र आधुनिकीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । प्रदर्शनीमा घर निर्माण गर्न चाहने सर्वसाधारणदेखि दिग्गज आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरूको उल्लेखनीय सहभागिता रहनेछ ।

नयाँ प्रविधिका सामग्री भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका प्रविधिलाई नेपाली बजारमा सहज उपलब्ध गराउने माध्यमको रूपमा यो प्रदर्शनी महत्वपूर्ण हुने आयोजकको दाबी छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध, सञ्चार र पठनपाठन ठप्प

    बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका-२ लुलाङमा १० दिनदेखि विद्युत सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा चट्याङले क्षति पुर्‍याएपछि यस परियोजनाबाट विद्युत सेवा उपभोग गरिरहेका करिब ४०० घर विद्युत सुविधाबाट वञ्चित भएका छन् ।चट्याङले विद्युतगृहको एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि बुटवल पठाइएको परियोजनाका अपरेटर

    Data is loading...

    Loading brands...

    Loading footer...