मानव बेचबिखन रोकथाममा सरकार संवेदनशील छ-मन्त्री श्रद्धा श्रेष्ठ

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार ११:१५

9
Share
Featured
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन रोकथाममा सरकार संवेदनशील रहेको र नेपाल–भारत समन्वय आवश्यक रहेको बताइन्।
  • बेचबिखनमा परेकाको तत्काल उद्धार, संरक्षण र महिला बेचबिखन रोकथामका लागि कार्यविधि बनाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
  • विराटनगरमा भइरहेको गोष्ठीमा नेपाल–भारतका सुरक्षा निकाय र सरोकारवालाको सहभागितासहित मानव बेचबिखन नियन्त्रणमा सहकार्य सुदृढ गर्ने लक्ष्य राखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन जस्तो गम्भीर अपराधको रोकथामका लागि सरकार संवेदनशील रहेको बताएकी छन् । विराटनगरमा आयोजित ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा शोषणका चुनौती’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री श्रेष्ठले दुई देशबीच आपसी समन्वय कायम गरी यस्तो जघन्य अपराध रोक्न सरोकारवाला निकायहरूले सक्रियता बढाउनुपर्नेमा जोड दिइन् । उनले बेचबिखनमा परेकाहरूको तत्काल उद्धार र संरक्षणका लागि मन्त्रालयले योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, महिला बेचबिखन रोकथामका लागि तत्काल कार्यविधि बनाएर कार्यान्वयनमा लैजाने पनि उनले जानकारी दिइन् ।

कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले अशिक्षा, बेरोजगारी र प्रलोभनका कारण किशोरीहरू बेचबिखनमा परिरहेकाले यसको नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक रहेको बताइन् ।

दुई दिनसम्म चल्ने गोष्ठीमा नेपाल र भारतका सुरक्षा निकाय, स्थानीय तह र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको छ । गोष्ठीको मुख्य उद्देश्य मानव बेचबिखन नियन्त्रणमा दुई देशबीचको सहकार्य र समन्वयलाई सुदृढ गर्नु रहेको छ ।

यो समाचारमा

नेपालकाठमाडौँ

ट्यागहरू

#नेपाल–भारत सीमाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    sajilo patrika

    तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व संकलन

    महिला उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

    डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरालाई केन्द्रमा राखेर काम गर्नुपर्छ - अर्थमन्त्री वाग्ले

    एआई र साइबर सुरक्षासहित १६६ विधेयक ल्याउने सरकारको तयारी, कानुनमन्त्रीले बुझाइन् सूची

    भर्खरै

    News Image

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    News Image

    परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

    News Image

    घुस प्रकरणमा सुनिल पौडेललाई ८ वर्ष कैद सजाय

    News Image

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू