एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रहिरहनेछ :इश्वर पोखरेल

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

16
Share
Featured
  • नेकपा (एमाले) अध्यक्षका प्रतिस्पर्धी इश्वर पोखरेलले पार्टी अभियानमा आफ्नो संलग्नता अटूट रहने र नयाँ नेतृत्वको सफल कार्यकालको शुभकामना दिएका छन्।
  • उनले महाधिवेशनमा आफू विजयी नभए पनि आफ्नो उम्मेदवारीमा विश्वास व्यक्त गर्ने मतदातालाई धन्यवाद दिएका छन्।
  • महाधिवेशनमा उठाएका मुद्दाहरू सामूहिक नेतृत्व, विधि अनुसार पार्टी संचालन, नियन्त्रण र सन्तुलन भविष्यमा निरन्तरता पाउनेमा विश्वास व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी ईश्वर पोखरेलले एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने प्रतिक्रिया दिएका छन् ।

विहीबार अन्तिम मत परिणाम सार्वजनिक भएपछि उनले सबै मतदाताहरुलाई धन्यवाद पनि दिएका छन् । ‘आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहन्छु । नेकपा (एमाले)को निर्वाचित नयां नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस् । हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

प्रतिस्पर्धामा यसपटक विजयी बन्न नसकेपनि विश्वासको मत प्रदान गर्ने मतदाता प्रतिनिधिहरुलाई धन्यवाद दिंदै उनले अगाडि भनेका छन्,‘प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नुहुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

साथै, महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू–जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन , पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन ‘ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयां स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु ।’

महाधिवेशन निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत मात्रै प्राप्त गरेका थिए ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँईश्वर पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...