ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

16
Share
Featured
  • नेपाली कांग्रेसका नेता गुरु राज घिमिरेले आगामी प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने दाबी गर्दै कांग्रेस नेतृत्व आएपछि मधेशलाई प्रधानमन्त्रीको जिम्मेवारी दिने संकल्प घोषणा गरे।
  • उनले संघीयताको श्रेय मधेशलाई दिँदै अन्य दलले मधेशको नाममा मात्र राजनीति गरेको आरोप लगाए।
  • निर्धारित समयमै महाधिवेशन हुने र जेन–जी आन्दोलनका कारण पार्टीले विधान, नेतृत्व र नीतिमा सुधार गर्ने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता गुरु राज घिमिरेले अबको नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने दाबी गरेका छन् ।

बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले नेपाली कांग्रेसले आगामि दिनमा देशको प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशबाटै नेतृत्व गर्नेमध्येकालाई दिने निर्णय गरेको जानकारी गराएका छन् ।

बिहीबार जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै घिमिरेले नेपाली कांग्रेस नेतृत्वमा आउने बित्तिकै प्रधानमन्त्रीको जिम्मेवारी मधेश प्रदेशलाई दिने संकल्प गरेको घोषणा गरेका छन् ।

उनले देशको प्रथम राष्ट्रपति पनि नेपाली कांग्रेलेनै दिएको र अब देशको प्रधानमन्त्रीको जिम्मेवारी पनि मधेश प्रदेशबाटै हुने प्रतिबद्धता जाहेर गरे । उनले संघीयतको श्रेय मधेश प्रदेशलाई दिँदै मधेशलाई राष्ट्रिय राजनीतिको मुल प्रभावमा समेट्नका निम्ति मधेशलाईनै देशको नेतृत्व दिनुपर्ने कांग्रेसको धारणा रहेको बताए ।

उनले एमाले लगायतका पार्टीहरुले मधेशको नाममा राजनीति मात्र गरेको बताए । तराई मधेशको विकास र समस्याका विषयमा नेपाली कांग्रेस बाहेक अरु कसैले नसोचेको घिमिरेले बताए ।

त्यस्तै महाधिवेशनका विषयमा निर्धारित समयमै महाधिवेशन हुने नेता घिमिरेले जानकारी दिए । उनले ३६ वर्षको शासनमा नेपाली कांग्रेसबाट पनि गल्ति भएको स्विकार गरे । उनले पार्टीबाट भएका कमकमजोरी र गल्तिहरुकै कारणले पनि जेनजी आन्दोलन निम्तिएको स्विकार गर्दै यसलाई समिक्षा गरी पार्टीले सुधार गर्ने निति ल्याएको जानकारी दिए ।

उनले अहिलेको पुस्ताको माग अनुसार पार्टीको विधानमा परिवर्तन, पार्टीको नेतृत्वमा परिवर्तन र पार्टीको नीतिमा पुर्नवालोकनको आवश्यक रहेको बताए ।

यो समाचारमा

काठमाडौँमधेश प्रदेशनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...