एमाले मतगणना अपडेट : पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै अगाडि

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

6
Share
Featured
  • एमाले ११औँ महाधिवेशनको मतगणनामा अध्यक्ष केपी शर्मा ओली पक्षले अधिकांश पदाधिकारी पदमा स्पष्ट अग्रता बनाएको छ।
  • ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई मात्रै जित नजिक देखिएका छन्।
  • उपाध्यक्ष पदमा रामबहादुर थापा ‘बादल’ तेस्रो स्थानमा रहँदै निर्वाचित हुने लगभग सुनिश्चित भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत जारी मतगणनामा अध्यक्ष खड्गप्रसाद शर्मा ओली पक्षले अधिकांश पदाधिकारी पदमा फराकिलो अग्रता बनाएको छ ।

अहिलेसम्मको मतपरिणाम अनुसार, अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको प्यानलबाट १९ पदाधिकारीमध्ये दुई जनाले मात्र जितको सम्भावना देखाएका छन् । उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले मात्र आफ्नो स्थान सुरक्षित गर्ने देखिएको हो ।

बाँकी सबै पदाधिकारी पदमा ओली पक्षका उम्मेदवारहरू अगाडि छन् । यसैबीच, माओवादी केन्द्र छाडेर एमालेमा आएका नेता रामबहादुर थापा 'बादल' उपाध्यक्ष पदमा तेस्रो स्थानमा रहँदै आफ्नो जित सुनिश्चित गरेका छन् । एमालेको संशोधित विधानअनुसार महाधिवेशनबाट पाँच जना उपाध्यक्ष निर्वाचित हुनेछन् ।

यो समाचारमा

काठमाडौँखड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)योगेश भट्टराई
ईश्वर पोखरेल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...