‘आ बाट आमा’ को प्रचार गर्न धनगढी पुगे कलाकार विपना र पल

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

21
Share
Featured

काठमाडौँ

आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार थालिएको छ ।

फिल्म ‘आ बाट आमा’ को व्यापक प्रचारप्रसार गर्न उक्त फिल्मका कलाकार पल शाह र अभिनेत्री विपना थापा धनगढी पुगेका छन् ।

मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना थापाले फिल्मको प्रचार गरेका हुन् । यस महोत्सवमा गाउँ गाउँबाट हजारौ दर्शकको उपस्थिति रहेको सामाजिक सञ्जालका भिडियोहरुमा देख्न सकिन्छ ।

पल शाह र विपना थापालाई देखेपछि दर्शकले आइ लभ यु पल शाह र विपना थापा भन्दै हुटिङ गरेका छन् । उक्त महोत्सवमा दर्शकको माया पाएकी अभिनेत्री विपना थापा र अभिनेता पल शाह पनि औधी खुशी भएको देखिन्छ ।

यसैगरी सोमबार यस फिल्ममा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’ रिलिज गरिएको थियो । उक्त गीतमा अभिनेता पल शाह र विपना थापाले अभिनय गरेका छन् ।

यो समाचारमा

काठमाडौँविपना थापाधनगढीपल शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...