नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार १९:१०

16
Share
Featured
  • सिन्धुलीकी दीपा देवकोटाले नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको रूपमा बन्जी जम्प गर्दै साहस र आत्मविश्वासको उदाहरण प्रस्तुत गरिन्।
  • स्पाइनल बाइफिडा हुँदाहुँदै पनि उनले अपाङ्गता कमजोरी होइन भन्ने सन्देश दिँदै समाजमा रहेका नकारात्मक सोचलाई चुनौती दिइन्।
  • उनको यो कदम अपाङ्गता भएका महिलाको सशक्तीकरण, समावेशी समाज निर्माण र साहसिक पर्यटनलाई सबैका लागि पहुँचयोग्य बनाउन प्रेरणादायी बनेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले बन्जी जम्प गरेर साहस र आत्मविश्वासको उदाहरण प्रस्तुत गरेकी छन् ।

सिन्धुलीकी दीपा देवकोटाले सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन अवस्था मात्रै हो भन्ने सन्देश दिएकी छन् । र मानिसको कुनैपनी अवस्थाले उसको जिवनमा बाधा ल्याउने छैन भनेर देखाईन ।

स्पाईनल बाईफिडा शारीरिक अपाङ्गता हुँदाहुँदै पनि देवकोटाले बन्जी जम्प गरेर समाजमा व्याप्त नकारात्मक सोचलाई चुनौती दिएकी छन् । उनी एक सक्रिय अपाङ्गता अधिकारकर्मी समेत हुन् र अपाङ्गता भयका व्यक्तिलाई विभिन्न सामाजिक कार्य गरि उदाहरण समेत बनिरहेकी छन् ।

उनले अपाङ्गता भएका व्यक्तिहरू पनि समाज, समुदाय र राष्ट्रका हरेक गतिविधिमा समान रूपमा सहभागी हुन सक्षम छन् भन्ने सन्देश यस साहसिक कार्यमार्फत प्रवाह गरेकी छन् ।

देवकोटाले भनिन्, ‘अपाङ्गता कमजोरी होइन, आत्मबल र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौँ । मेरो यो प्रयासले अन्य अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु ।’

देवकोटाको यो कदम अपाङ्गता भएका महिलाहरूको सशक्तीकरण र समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण उपलब्धि हो भन्न पनि सकिन्छ ।

नेपालमा साहसिक पर्यटनको क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको अवस्थामा दीपा देवकोटाको यो साहसिक कदमले अपाङ्गता भएका व्यक्तिहरूका लागि साहसिक खेलकुद र पर्यटन क्षेत्र पनि पहुँचयोग्य हुनुपर्छ भन्ने मुद्दा लाई थप बल दिएको छ ।

उनले आफ्नो जन्मदिनको अवसरमा यो साहसीक कार्य गरेकी हुन् । उनि भन्छिन, ‘मेरो जन्मदिने आमा बुबालाई यो समाजले अपाङ्गता सन्तान जन्मायको भन्दै सामाजिक र मानसिक रुपमा विभेद गरिरहदा म मेरो आमा बुबालाई धन्यवाद दिन चाहन्छु । किनकी एउटा सक्षम र साहसी छोरी जन्माइदिनु भयो र अपाङ्गताले मेरो जिवनको कुनैपनी अध्यायलाई रोक्ने छैन । त्येसैले मेरो जन्मदिन अभिभावक र मेरो मेरालागी खास छ ।

सिन्धुली अपांग महिला संघकी अध्यक्ष समेत रहेकी देवकोटा राष्ट्रिय अपांग महासंघ नेपालको सदस्य पनि हुन् ।

यो समाचारमा

सिन्धुलीनेपालकाठमाडौँ

ट्यागहरू

#सिन्धुली#सामाजिक#अपाङ्गता#नेपाल#पर्यटन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू