प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

10
Share
Featured
  • चीनका लागि नेपाली राजदूत महामहिम छन सोङले आफ्नो कार्यकाल समाप्त गरेर स्वदेश फर्कनुअघि प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा बिदाइ भेट गरे।
  • भेटका क्रममा नेपाल–चीन सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा छलफल भएको थियो; सोङले चीनले नेपालको विकास निर्माणमा सहयोग जारी राख्ने बताए।
  • प्रधानमन्त्री कार्कीले राजदूतको सफल कार्यकालको बधाई दिँदै नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहने र चीनको राष्ट्रिय हितविपरीत कुनै गतिविधि नहुने विश्वास दिलाइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत महामहिम छन सोङले भेट गरेका छन् । आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरवार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गरेका हुन् ।

भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो । सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकोले नेपालको विकास निर्माणका हरेक पक्षहरूमा सहयोग गर्दै आएको र सो क्रम भविष्यमा पनि निरन्तर रहने उल्लेख गरे ।

प्रधानमन्त्रीले राजदूत सोङ आफ्नो सफल कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुन लागेकोमा बधाई तथा सफल यात्राको कामना गरिन् । साथै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहनुका साथै नेपालको भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाइन् ।

चीनबाट सदाझैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि उनले व्यक्त गरिन् ।

यो समाचारमा

काठमाडौँचीनसिंहदरवारसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...