एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

13
Share
Featured
  • एमालेको दृढ अडान: नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र, संविधान, सार्वभौमिकता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको स्पष्ट गरे।
  • पार्टी नफुट्ने दाबी: आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धालाई पार्टी फुट्ने संकेतका रूपमा बुझ्नेहरू निराश हुने भन्दै एमाले फुटाएर नयाँ पार्टी बनाउने सपना पूरा नहुने दाबी गरे।
  • लोकतान्त्रिक अभ्यास: आन्तरिक चुनावमा विजयीले जिम्मेवारी सम्हाल्ने र पराजितलाई पनि क्षमताअनुसार पार्टीभित्र समावेश गरी सक्रिय राख्ने एमालेको नियमित अभ्यास रहेको नेताहरूले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता महेश कुमार वर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् ।

बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए ।

उनले भने, ‘अन्य कयाँै प्रतिवादीहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहान्छ तथापी पनि हामी देशहितको पक्षमा स्वाधिनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिकताको पक्षमा जतिसुकै एकल बनाउन खोजेपनि, जतिसुकै आक्रमणको निशानामा पारे पनि हामी अविचलित ढङगबाट अगाडी बढ्छौ ।’

जतिसुकै एक्ल्याउने प्रयास भए पनि र जति नै आक्रमणको निशानामा पारिए पनि एमाले आफ्नो मूल मार्गबाट विचलित नहुने उनले स्पष्ट गरे ।

एमाले फुटोस् र त्यही आधारमा नयाँ पार्टी निर्माण गरिन्छ भन्नेहरूका सपना कहिल्यै पूरा नहुने बर्तौलाको दाबी छ ।

एमालेले आन्तरिक लोकतान्त्रिक प्रक्रिया आरम्भ गर्नेबित्तिकै प्रतिस्पर्धाको प्रक्रिया सुरु हुने र त्यसलाई पार्टी फुट्ने संकेतका रूपमा बुझ्नेहरू निराश हुने उनले बताए ।

उनका अनुसार आन्तरिक प्रतिस्पर्धा एमालेको नियमित र स्वाभाविक राजनीतिक प्रक्रिया हो।

‘एमाले फुटोस्, एमालेबाट मानिस आइदियोस् त्यस आधारबाट पार्टी बनाउँछु भन्नेहरुको सपना कहिले पुरा हुँदैन । एमालेले आन्तरिक लोकत्रन्त्रको प्रक्रिया आरम्भ गर्ने बित्तिकै प्रतिस्पर्धाको प्रक्रिया आरम्भ हुने बित्तिकै अब पार्टी फुट्छ भन्नेहरु निराश हुनेछन् । एमालेको यो नियमित प्रक्रिया हो,’ उनले भने ।

जनताको बहुदलीय जनवादको कार्यनीति अवलम्बन गर्दै प्रतिस्पर्धामार्फत उत्तम नेतृत्व चयन गर्ने एमालेको अभ्यास पुरानै रहेको उनले उल्लेख गरे।

‘नेकपा एमाले जनवादको कार्यनीतिलाई स्विकार गरेर प्रतिस्पर्धाको बाटो श्रेष्ठ आसन गर्ने पार्टी भएकाले यो नियमित र सामान्य राजनीतिक प्रक्रियाहरु हो । निर्वाचन भनेको जो जित्नुहुन्छ, नेतृत्व गर्नुहुन्छ पराजित हुनेहरुलाई पनि साथमा लिएर सबैलाई एकतावद्ध ढङगबाट पार्टी अगाडी बढाउने कुरा हाम्रो नियमित प्रक्रिया हो,’ उनले भने ।

यस्तै अर्का नेता महेश बस्नेतले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियाअन्तर्गत भएको चुनावमा विजयी भएका सदस्यहरूले सम्बन्धित जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको बताए । पराजित भएका सदस्यहरूलाई पनि पार्टीभित्र कुनै आग्रह बिना, क्षमताअनुसार जिम्मेवारी दिई समावेश गरिने उनले बताए ।

उनले भने, ‘चुनाव भनेको लोकतान्त्रिक प्रक्रिया हो जित्ने साथिहरुले सम्मन्धित जिम्मेवारीमा काम गर्नुहुन्छ । जो साथिहरु पराजित हुनुहुन्छ उहाँहरु पार्टीका कहि न कही जिम्मेवार बनाएर लान्छौ ।’

उनका अनुसार पार्टीमा साधारण सदस्यता र संगठनात्मक सदस्यता गरि दुई प्रकारका छन् भने संगठनात्मक सदस्यता लिएका सदस्यहरू संगठनसँग कुनै न कुनै रूपमा आबद्ध हुने गर्छन् । नेता बस्नेतका अनुसार पराजित भएका साथीहरूलाई पनि उचित जिम्मेवारी प्रदान गरी सक्रिय राख्ने यो अभ्यास जारी रहनेछ ।

यो समाचारमा

महेश कुमार वर्तौलाकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...