मन्त्रीहरुले आयोगलाई भने : निर्वाचनको वातावरण बढाउनु भएकोमा धन्यवाद

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

16
Share
Featured
  • सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ गतेको निर्वाचनका लागि वातावरण बनिसकेको र निर्वाचन आयोगको क्यालेन्डरमार्फत सबै सरोकारवालालाई समेटिँदै गएको बताए।
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र एलजिबिटिक्यूआई समुदायलाई समावेश गरेर निर्वाचन सफल बनाउनु चुनौतीपूर्ण तर आवश्यक रहेको उल्लेख गरिन्।
  • उद्योगमन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको वातावरण सकारात्मक बन्दै गएको भन्दै भयरहित र समावेशी निर्वाचनका लागि आवश्यक कानुनी संशोधनमा सहजीकरण गर्न तयार रहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गतेको निर्वाचनको लागि वातावरण बनिसकेको बताएका छन् ।

मंगलबार निर्वाचन आयोगसँगको छलफलमा उनले निर्वाचन आयोगले क्यालेन्डर नै बनाएर सबै स्टेक होल्डरहरुलाई निर्वाचनमा समाहित गराइरहेको भन्दै अब निर्वाचन हुन्छ भन्ने कुराको महशुस सबै सदस्यलाई भएको बताए ।

उनले भने, ‘फागुन २१ गतेको निर्वाचनको लागि वातावरण बनिसकेको छ । निर्वाचनको उत्सवमा महोत्सवमा परिणत हुँदै गएको छ । निर्वाचन आयोगले क्यालेन्डर नै बनाएर सबै स्टेकहोल्डरहरुलाई निर्वाचनमा समाहित गर्दै गइरहेको छ । संवेदनशिल, विशेष र चुनौतीपूर्ण अवस्थामा पनि आयोगले निर्वाह गरेको भूमिकाप्रति नेपाल सरकार र मेरो मन्त्रालयको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु । अब निर्वाचन हुन्छ भन्ने कुराको महशुस सबै सदस्यलाई भएको छ ।’

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता सबैलाई समावेश गराएर निर्वाचनलाई सफल बनाउने काम चुनौतीपूर्ण रहेको भन्दै यसमा एलजिबिटिक्यूआई समुदायलाई पनि बिर्सिन नहुने बताइन् ।

उनले भनिन्, ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता सबैलाई समावेश गराएर हामीले यो निर्वाचनलाई कसरी सफल बनाउने भन्ने ठूलो चुनौती हामीले देखिरहेका छौं । विगतमा डाटा हेर्ने हो भने महिलाहरुले मतदान एकदमै कम गरेको देखिन्छ । यसलाई पनि कसरी बढाउने भन्ने बारेमा पनि काम गर्नुपर्ने चुनौति छ । अर्को भनेको एलजिबिटिक्यूआई समुदाय पनि छ यसलाई पनि हामीले छुटाउन सक्दैनौं । उनीहरुले पनि मतदान सहज तरिकाले गर्न सक्ने वातावरण बनाउनुपर्छ ।’

साथै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले पनि निर्वाचनको वातावरण बन्दै गएको भन्दै यसको लागि धन्यवाद र बधाई दिएका छन् ।

निर्वाचनलाई भयरहित र समावेशी तरिकाबाट प्रभावकारी रुपमा सम्पन्न गर्न कानूनमा संशोधन गर्न आवश्यक छ भने त्यसमा सहजीकरण गर्न राष्ट्रपति पनि तयार रहेको उनको भनाई छ ।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोगजगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    Data is loading...

    Loading brands...

    Loading footer...