पुष १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने विषयमा विमती छैन् : अध्यक्ष दाहाल

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

15
Share
Featured
  • राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुष १२ गते राष्ट्रिय सभाको बैठक बोलाउन क्षतिग्रस्त संसद भवनको हल तत्काल तयार पार्न ठेकेदारलाई निर्देशन दिएका छन्।
  • उनले बैठक बोलाउने कार्यमा अहिलेसम्म सरकारको सहमति रहेको र १० गतेसम्म हल तयार हुने अपेक्षा रहेको बताए, साथै हाल सदनमा कुनै महत्वपूर्ण बिजनेस नभएको जानकारी दिए।
  • दाहालले देशको नयाँ राजनीतिक परिस्थितिका कारण प्रतिनिधि सभा विघटनपछि केही दिनसम्म काम गर्न कठिन भएको उल्लेख गर्दै माघ ११ गतेसम्म सबै तयारी पूरा गर्ने योजना बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउनेगरी हलको व्यवस्थापन हुनुपर्नेमा जोड दिएका छन् । क्षतिग्रस्त संघीय संसद भवनमा रहेको हल तत्काल सम्पन्न गर्न ठेकेदारलाई निर्देशन समेत दिएको बताए ।

मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले सदन बोलाउने कुरामा अहिलेसम्म सरकारको तर्फबाट सहमति नै भएको भन्दै पुषको १०, १२ गते तिर बैठक बस्ने गरि काम अगाडि बढाएको बताए ।

उनले भने, ‘पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने हिसाबले हल बनाउने काम जसरी भएपनि सक्न ठेक्दारलाई निर्देशन दिएका छौ । अब १० गतेसम्म हल तयार हुन्छ होला । प्रधानमन्त्रीसँग सल्लाह गरेर सदन बोलाउने कुरा गर्नेछौ । सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन्, कार्यान्वयनमा जाँदा के हुन्छ थाहा छैन् ।’

यस्तै, उनले बैठक बस्ने भन्दै गर्दा वर्तमान सरकारसँग बिज्नेश केही पनि नभएको भन्दै सदनमा पनि १० दिनभन्दा उताको बिज्नेश नरहेको बताए ।

माघको ११ गतेसम्म सबै कामहरु सकाउने हो भने चुनावपछि नयाँ तरिकाले अगाडि बढ्न सक्ने पनि उनको भनाई छ ।

आवश्यकता र बाध्यता जे कारणले भएपनि देशमा पैदा भएको नयाँ राजनीतिक परिस्थितिको कारण प्रतिनिधि सभा विघटन गर्ने निर्णय भएको भन्दै त्यसको केही दिनसम्म काम गर्न धेरै नै गाह्रो भएको उनले बताए ।

यो समाचारमा

काठमाडौँनारायण प्रसाद दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...