श्रमिक तथा रोजगारदाताको सुरक्षा राज्यले प्रत्याभूति गर्नुपर्ने

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

30
Share
Featured
  • नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले श्रमिक र रोजगारदाताको सुरक्षाका लागि राज्यको प्रत्याभूति आवश्यक रहेको बताए र पर्यटन प्रवद्र्धनले अर्थतन्त्र बलियो बनाउन सक्ने दाबी गरे।
  • ‘होटल मजदुर आन्दोलनको दर्पण’ पुस्तक सार्वजनिक गरिएको छ, जसले होटल तथा रेष्टुराँ क्षेत्रमा श्रमिकहरूको अधिकार र संघर्षको दस्तावेजीकरण गरेको छ।
  • पुस्तकको कार्यक्रममा विभिन्न संघ–संस्थाका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरू सहभागी थिए, जसले श्रम क्षेत्रको सुरक्षा र समृद्धिका लागि व्यवसायी र श्रमिक मिलेर काम गर्नुपर्नेमा जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन‘अनन्त’ले श्रमिक तथा रोजगारदाता दुबैको राज्यले सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताएका छन् ।

मंगलबार राजधानीको संवाद डबलीमा ‘होटल मजदुर आन्दोलनको दर्पण’ नामक पुस्तक सर्वजनिक गर्दै पुनले भारतीय तथा चिनियाँ पर्यटकहरुलाई भ्रमण गर्ने वातावरण बनाउँनसके मात्र पनि देशको अर्थतन्त्र र पर्यटन क्षेत्र बलियो बनाउन सकिनेसमेत दाबी गरे ।

देशमा राजनीतिक अस्थिरताको कारण श्रम क्षेत्र सबल हुननसकेको बताउँदै पुनले भने,‘लगानी सुरक्षाको वातावरण नहुँदा लगानीकर्ता तर्सिनुपर्ने समस्या बढ्दै गएको छ भने अर्कातिर दक्ष श्रमिकहरु विदेश पलायन हुनुपर्ने अवस्था आएको छ ।’

देशको समग्र स्थायीत्वको लागि चुनावको विकल्प नरहेको जिकिर गर्दै पुनले सबै राजनीतिक दलहरु निर्वाचन केन्द्रीत हुनुपर्नेमा जोड दिए । ‘पछिल्लो समयमा जेनजीकै साथीहरुले संसद पुनःस्थापनाको कुरा उठाउनु अपरिपक्वताको संकेत हो, यो विघटन ओलीजीले गरेको जस्तो संसद विघटन होइन’, पुनले भने ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघद्वारा प्रकाशित‘होटल मजदुर आन्दोलनको दर्पण’ पुस्तकले होटल तथा रेष्टुरेन्ट क्षेत्रमा रहेका मजदुरहरुले अधिकारका लागि गरेको संघर्षलाई लिपिबद्ध गरि प्रकाशन गरेकोमा धन्यवाद दिए ।

अखिल नेपाल टेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले ‘होटल मजदुर आन्दोलनको दर्पण’ प्रकाशनले यस क्षेत्रको संघर्ष,आन्दोलन र उपलब्धि सबै विषयलाई समेटेर प्रकाशन गरेकोमा संघलाई धन्यवाद दिए ।

रेस्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल(रेवान)का अध्यक्ष संघर्ष विष्टले ‘होटल मजदुर आन्दोलनको दर्पण’ प्रकाशन गरेकोमा बधाई तथा शुभकामना दिए । सो पुस्तकले समग्र पर्यटन क्षेत्रको विषय समेट्ने प्रयास गरेको र आगमी दिनमा थप विषय बस्तु समेट्दै पुन प्रकाशन गर्न सुझाए । व्यवसायी र श्रमीकले हातेमाले गरेर अगाडि बढ्दा मात्रै श्रम क्षेत्र सुरक्षित हुने विष्टले बताए ।

संघका अध्यक्ष कुमार पन्तले आफूहरुले लामो समयदेखि १० प्रतिशत सेवा शुल्क पुनःप्राप्ति, नियमित काममा स्थायी श्रमिक, पूर्ण सामाजिक सुरक्षाको कार्यान्वयनलगायतको लागि संघर्ष गर्दै आएको र त्यसलाई दस्तावेजीकरण गर्न‘होटल मजदुर आन्दोलनको दर्पण’ पुस्तक प्रकाशन गरेको जानकारी दिए ।

पुस्तक सार्वजनिक कार्यक्रममा अखिल नेपाल टेड युनियन महासंघका वरिष्ठ उपाध्यक्ष धनबहादुर विक, उपाध्यक्षहरु सोमबहादुर तामाङ र सुशीला पुन, महासचिव सालिक काफ्ले, उपामहासचिव तथा संघका इन्चार्ज माधव पाण्डे, उपमहासचिवहरु शिव पोखरेल, रामचन्द्र कार्की, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघका वरिष्ठ उपाध्यक्ष मिलन मल्ल, महासचिव राम कुमार खड्का, उपमहासचिव सुदर्शन तिमल्सिना, सचिवहरु राम कुमार वाग्ले, अम्रिता सापकोटा, सुमन महर्जन, कोषाध्यक्ष राम पन्त, संघका सल्लाहकारहरु, केन्द्रीय सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...