सर्लाहीमा गाँजासहित एक जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

15
Share
Featured
  • सर्लाहीको पर्सा गाउँपालिका–१ बाट १ किलो ८०० ग्राम प्रतिबन्धित गाँजासहित एक जना पक्राउ परे।
  • गोप्य सूचनाका आधारमा प्रहरीद्वारा गरिएको खानतलासीमा घरको भान्छा टाटीमा लुकाइएको गाँजा फेला परेको हो।
  • पक्राउ परेका रामसिरिठ मण्डलमाथि ७ दिनको म्याद थप गरी लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सर्लाहीमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्लाको पर्सा गाउँपालिका – १ मा प्रतिबन्धित लागुऔषध गाँजा लुकाइ छिपाइ राखिएको अवस्थामा एक जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गएराती पर्सा गाउँपालिका – १ स्थित रामसिरिठ मण्डलको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा उनको घरभित्र बाँस र माटोले बनेको खाना पकाउने भान्छा घरको टाटीमा लुकाइछिपाइ राखिएको निलो तथा रातो प्लास्टिकले बेरेको एक पोका प्रतिबन्धित लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १ किलो ८०० ग्राम गाँजा बरामद भएको छ। प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित रामसिरिठलाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको छ।

यो समाचारमा

पर्सा गाउँपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...