शितल भइन् मिसेस नेपाल आइडल २०२५

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

16
Share
Featured
  • मिसेस नेपाल आइडल २०२५ को ताज शितल याक्सो लिम्बुले जितिन्, फस्ट रनरअप अन्जु थापा मगर र सेकेन्ड रनरअप नितु सिंह ठकुरी भए।
  • ज्यापु प्रज्ञा भवनमा सम्पन्न नवौँ संस्करण हिमालयन मुभिजद्वारा आयोजना गरिएको हो।
  • प्रतियोगिताले विवाहित महिलाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकास उजागर गर्ने उद्देश्य राखेको छ।
समाचार सारांशGenerated using AI.


यो पटकको मिसेस नेपाल आइडल २०२५ को ताज शितल याक्सो लिम्बुले पहिरिन सफल भएकी छन् । सोमबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रमका निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै उनले ताज चुम्न सफल भएकी हुन्।

कार्यक्रमको फस्ट रनर अपमा अन्जु थापा मगर र सेकेण्ड रनर अपमा नितु सिंह ठकुरी हुन सफल भएका थिए । हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रम कार्यक्रमको नवौं संस्करण हो।

करिव सवा दर्जन प्रतियोगीहरुले तीन सातासम्म चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाबाट व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, क्ष्मता अभिवृद्धि, वौद्धिक विकासलगायतका विषयमा तालिम लिएका थिए।

कोरियोग्राफर सुब्बाले महिलाहरुसँग मिल्दो गीतमा सुरुमै आकर्षक नृत्य गराएकी थिइन् भने क्रमशः परिचयात्मक चरण, वेस्ट ड्रेस चरण, प्रश्नोत्तर र क्राउनिङ चरणहरुमा सम्पूर्ण प्रतियोगीहरुलाई तयार गराएकी थिइन् ।

व्यक्तिगत र पारिवारिक माहोलबाट बाहिर निस्केर प्रतिभा प्रस्फुटनको मञ्चसम्म आइपुगेका विवाहित महिलाहरु निकै प्रफुल्ल देखिन्थे ।

कोरियोग्राफर सुब्बाका अनुसार प्रतियोगीहरुले निकै मेहनत गरेको र आँखै सामु आफूले उनीहरुको परिवर्तित स्वरुप देखेकोमा आफूलाई खुशी लागेको बताइन्।

कार्यक्रममा विविध सवटाइटल अर्वाडहरुसमेत वितरण गरिएको थियो । जसमा मोस्ट डिसेन्ट शितल याक्सो लिम्बु, मोस्ट स्मार्ट अन्जु थापा मगर, वेस्ट ट्यालेन्ट नितु सिंह ठकुरी, वेस्ट कम्प्लेक्सन रोजिना वैद्य, मोस्ट कन्फिडेन्ट नुर्साङ तामाङ देउवा, मोस्ट एक्टिभ दिनुसा सम्वाहाम्फे लिम्बु, मोस्ट डाइनामिक मनु लिम्बु, मोस्ट ग्रेसफुल ललिताकुमारी खड्का बान्तवा, मोस्ट प्यासोनेट निता श्रेष्ठ रिमाल, मोस्ट डिलिजेन्ट स्वेता राई, वेस्ट डिसिपिलेन सृजनादेवी श्रेष्ठ, वेस्ट पर्सनालिटी अरुणा विश्वकर्मा, वेस्ट फोटोजेनिक भावना निरौला भट्टराई, मोस्ट डेडिकेटेड सुमित्रा बुढा गुरुङ,मोस्ट पपुलर श्वेता राई, पब्लिक च्वाइस रोजिना वैद्य, वेस्ट भिडियो च्वाइस सुमित्रा बुढा गुरुङ र वेस्ट मल्टिमिडिया विनर नुर्साङ तामाङ देउला हुन सफल भएका थिए।

कार्यक्रममा कलाकारहरुको आकर्षक प्रस्तुतीले माहोल बनाएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा मिस नेपाल २००० उषा खड्गी, अभिनेता तथा मोडल दिक्पाल कार्की, अभिनेता तथा इभेन्टकर्मी सिद्धार्थ सिंह, मिसेस मंगोल नेपाल २०२५ तथा फेसन डिजाइनर टिना आले कवर मगर र फेस अफ नेपाल २०२५ सदीक्षा श्रेष्ठ रहेका थिए ।

विवाहित महिलाहरुको क्षमता उजागर गरी आफूभित्रको प्रतिभा पहिचान गरी प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले जानकारी दिए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...