एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप

Author

सजिलो पत्रिका

२०८२ मंसिर २८, आइतबार

41
Share
Featured
  • एनपीएलमा ‘इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट’ बनेका तिलक राज भण्डारीलाई प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ लाख रुपैयाँको स्कलरशिप प्रदान गर्‍यो।
  • उक्त स्कलरशिप थापागाउँस्थित कलेजमा व्यवस्थापन वा आईटी संकायका स्नातक/स्नातकोत्तर कोर्समा प्रयोग गर्न सकिनेछ।
  • २१ वर्षीय लेग स्पीनर तिलकले लुम्बिनी लायन्सबाट खेल्दै एनपीएल उपाधि जित्न महत्वपूर्ण भूमिका खेले।
  • यू–१९ राष्ट्रिय टिम र विश्वकप खेलिसकेका तिलकलाई नेपालको भविष्यका सम्भावनाशील स्पीनरका रूपमा हेरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) मा ’प्रेसिडेन्सियल ग्रयाजुएट स्कुल इमर्जिङ प्लेरअर अफ दि टुर्नामेन्ट’ घोषित भएका तिलक राज भण्डारीलाई एनपीएल २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ लाख रुपैयाँ बराबरको स्कलरशिप प्रदान गरेको छ ।

संयुक्त राज्य अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा स्नातक तथा स्नातकोत्तर तहमा व्यवस्थापन वा आईटी संकायका कुनै पनि कोर्स अध्ययन गर्दा उक्त स्कलरसिप प्रयोग गर्न सकिने कलेजका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

बुटवलका २१ वर्षीय स्पीनर तिलक राज भण्डारीले यस वर्ष लुम्बिनी लायन्सबाट खेल्दै एनपीएलको उपाधि जितेका हुन् । उनले लुम्बिनीलाई पहिलो पटक एनपीएलको च्याम्पियन बनाउने क्रममा बलिङबाट महत्वपूर्ण योगदान दिएका थिए । तिलकले प्रतियोगिताभर ८ खेल खेल्ने क्रममा ८ विकेट नै लिए ।

शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई ६ रनले पराजित गर्दै लुम्बिनी लायन्सले उपाधि जितेको हो । फाइनलमा तिलकले सुदूरपश्चिम विरुद्ध ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए । उनले क्वालिफायर टु मा विराटनगर किंग्स विरुद्ध सानदार बलिङ रच्दै ३ विकेट लिएका थिए र प्लेअर अफ दि म्याच समेत घोषित भएका थिए ।

तिलकले यसअघि नेपालको यू–१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । उनले आईसीसी यू–१९ पुरुष विश्वकप समेत खेलेका छन् । यस्तै लुम्बिनी प्रदेशबाट डोमेस्टिक क्रिकेट पनि खेल्दै आएका छन् ।

युवा लेग स्पीनर तिलकलाई भविष्यमा नेपालको सम्भावना भएको स्पीनरको रुपमा हेरिएको छ । उनले एनपीएलको पहिलो संस्करण पनि लुम्बिनी लायन्सबाट खेलेका थिए र उनलाई दोस्रो संस्करणमा रिटेन गरिएको थियो । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले विगत १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आईटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ ।

यो समाचारमा

काठमाडौँलुम्बिनीसंयुक्त राज्य अमेरिकालुम्बिनी प्रदेश
क्रिकेट5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...