देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

18
Share
Featured
  • नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाल अहिले “राज्य छ कि छैन” भन्ने अवस्थामा पुगेको बताएका छन्।
  • उनले देशमा दल, नेताहरू र राजनीतिक शक्तिहरू भए पनि राज्य अवस्थित नभएको जस्तो जटिल अवस्था रहेको उल्लेख गरे।
  • विप्लवले महाधिवेशन आयोजना भएको परिस्थितिमा पनि यो अवस्था चुनौतीपूर्ण रहेको भन्दै त्यसको जवाफ दिन आवश्यक भएको बताए।
  • उनले नेपाली जनताको मनमा रहेको सार्वभौमिकता सम्बन्धी प्रश्नको उत्तर दिन कम्युनिष्ट र राजनीतिक शक्तिहरूले जिम्मेवारी लिनुपर्ने जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाल अहिले राज्य छ कि छैन् भन्ने अवस्थामा पुगेको बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा दल, नेताहरु, राजनीतिक शक्तिहरु सबै हुँदा पनि राज्यविहीन जस्तो अवस्थामा रहेको बताएका हुन् ।

उनले भने, ‘देश जटिल परिस्थितिमा छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यस्तो अवस्थालाई राज्य छ कि छैन् भनेजस्तो लाग्छ । दल छन्, देश छ, नेताहरु पनि छन्, राजनीतिक शक्तिहरु पनि छन् तर आज राज्य कहाँ छ, राज्य छ कि छैन् भन्ने अवस्था छ । यस्तो जटिल अवस्थामा तपाइँहरुले महाधिवेशन आयोजना गर्नु भएको छ ।’

यस्तै, उनले देशको सार्वभौमिकता के हुन्छ भन्ने प्रश्न जनताको मनमा रहेको भन्दै यसको जवाफ दिन जरुरी रहेको बताए । उनले भने, ‘आज नेपाल एउटा संकटमा उभिएको छ । हाम्रो देशको सार्वभौमिकता के हुन्छ भन्ने प्रश्न जनताको मनमा रहेको छ र हामीले यसको जवाफ दिनुपर्छ । कम्युनिष्टहरुले देशमा धेरै दुःख गरेका छन् अर्थात राजनीतिक शक्तिहरुले धेरै दुःख गरेका छन् ।’ थुप्रै प्रश्नहरुको बीचमा नेकपा एमाले रहेको भन्दै यसको जवाफ दिनुपर्ने पनि उनको भनाई छ ।

यो समाचारमा

भक्तपुरनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...