एमाले जनताको मन–मनमा र मुटु–मुटुमा बसेको छ : ओली

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

18
Share
Featured
  • अध्यक्ष केपी शर्मा ओलीले एमालेले आर्थिक र राजनीतिक उपलब्धिहरू हासिल गरेको र प्रत्येक दिन पार्टीको यात्रा अघि बढिरहेको बताए।
  • उनले पार्टी सबै बाधा पार गरेर जनताको मन र मुटुमा स्थापित भएको उल्लेख गरे।
  • ओलीले परिपूर्ण लोकतन्त्रको पक्षमा रहेको र राजनीतिलाई मात्र होइन, विश्व शान्ति, सामाजिक न्याय र मानव अधिकारको पक्षमा पनि लैजानुपर्ने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आर्थिक र राजनीतिक उपलब्धिहरूको चर्चा गर्दै एमालेको योगदान र भविष्यप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको ११औँ महाधिवेशनमा बोल्दै उनले सपना मात्र नदेखेर एमाले प्रत्येक दिन यात्रामा एक पाइला अघी बढीरहेको बताए ।

अध्यक्ष ओलीले भने, ‘हामी सपना त देख्छौं तर सपना मात्रै देख्दैनौं, सपना मात्रै बाड्दैनौं । प्रत्येक दिन यस यात्रामा एक पाइला अघी बढ्छौं । हामीले नेतृत्व गर्दा मुलुकले हासिल गरेको आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तर उन्नतिका लागि भएका कामहरूले यसको पुष्टि गर्दछ । विरासतको यो सूची लामो बनाउन सकिन्छ, तर मलाई विश्वास छ एमालेको पहिचानको त्यो सूची तपाईंहरूको मनभित्रै कुडिएको छ ।’

साथै उनले सबै बाधा छिचोलेर आजसम्म आइपुग्दा एमाले जनताको मनमनमा र मुटुमुटुमा बसेको बताए । ‘सबै बाधा छिचोलेर हामी यहाँ छौं । यिनै विरासतले गर्दा आज पनि यो पार्टी जनताको मनमनमा छ, मुटुमुटुमा छ,’ उनले थपे, ‘हामी राजनीतिलाई एक्लै र लोकतन्त्रलाई राजनीतिको घेराभित्र मात्रै सीमित राख्दैनौं । परिपूर्ण लोकतन्त्रको पक्षमा छौं । राजनीति सिंगो नेपाल र सबै नेपाली जनताको सुरक्षा, सम्मान र उन्नतिका लागि हुनुपर्दछ । राजनीति मानव र मानव संसाधनको विकास र खुशियालीसँग सम्बन्धित हुनुपर्दछ। हाम्रो राजनीति हाम्रो लागि मात्र होइन, विश्व शान्ति, विश्व वातावरण र विश्वव्यापी रुपमा सामाजिक न्याय, समानता र मानव अधिकारको पक्षमा हुनुपर्दछ ।’

यो समाचारमा

काठमाडौँखड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...