एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

17
Share
Featured
  • अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई देशभक्त र जनताको हितमा समर्पित पार्टीको रूपमा निर्णायक राष्ट्रिय शक्ति बनाउने दृढ संकल्प व्यक्त गरे।
  • उनले संकल्पलाई राजनीतिक स्टन्ट होइन, व्यवहारमा साकार पार्ने उद्देश्यसहित गरिएको स्पष्ट पारे।
  • एमालेको लक्ष्य सम्पूर्ण नेपाली जनतालाई समृद्ध बनाउनु रहेको र यस यात्रामा जनताको बहुदलीय जनवाद मार्गदर्शनको आधार रहने बताइयो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका छन् ।

शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका हुन् ।

उनले भने, ‘नेकपा एमाले जस्तो देशभक्त नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौ । यस काममा मार्गदर्शन गर्न जनताको बहुदलिय जनवाद छ । त्यस मार्गदर्शनमा समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्य तय गरेर अघि बढिरहेका छौ ।’

उनले उक्त संकल्प कुनै राजनीतिक स्टन्टबाजीका लागि नभई व्यवहारमा साकार पार्ने उद्देश्यसहित गरिएको स्पष्ट पारे।

‘देशभक्त नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका पोल्टिकल स्टनबाजीको लागि होइन । यो साकार पार्नका लागि गरिएको संकल्प हो । यसलाई नेकपा एमालेले साकार पारिछाड्ने छ,’ उनले भने ।

उनका अनुसार यस यात्रामा पार्टीलाई मार्गदर्शन गर्ने सिद्धान्त जनताको बहुदलीय जनवाद हो । सोही मार्गदर्शनअनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य तय गरी अघि बढिरहेको उनले बताए।

अध्यक्ष ओलीले आंशिक वा सीमित जनतालाई मात्र नभई सम्पूर्ण नेपाली जनतालाई समृद्ध बनाउने लक्ष्य एमालेको रहेको उल्लेख गरे । ‘हाम्रो उद्देश्य सिंगो देशलाई समृद्ध बनाउने हो,’ उनले भने ।

ओलीले यो संकल्प नेकपा एमालेले अवश्य साकार पार्ने विश्वास व्यक्त गर्दै पार्टीका कार्यकर्ता पंक्तिदेखि सुशासन, विकास, समृद्धि र सुख चाहने सम्पूर्ण देशप्रेमी नेपालीको साथ र सहयोग रहने अपेक्षा व्यक्त गरे ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...