देशको विकास र राष्ट्रियताको मुद्दामा एमालेसँग सहकार्य खुला छ : रञ्जिता श्रेष्ठ

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

24
Share
Featured
  • नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक भएको बताइन्।
  • उनले गाउँ–गाउँमा सडक, पूर्वाधार, ऊर्जा र कनेक्टिभिटी विकास बढाउनुपर्ने र नाकाबन्दीको समयमा एमालेको नेतृत्व प्रशंसनीय रहेको बताए।
  • राष्ट्रियता संरक्षण, देशको विकास र लोकतान्त्रिक संरचनाको सुदृढीकरणमा एमालेसँग सहकार्यका लागि पार्टीको ढोका सधैं खुला रहेको स्पष्ट गरिन्।
समाचार सारांशGenerated using AI.


नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक रहेको बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफूहरू इतिहासको साक्षी बन्न मात्र नभई जिम्मेवारीपूर्ण भविष्य र राष्ट्रहितको साझा संकल्प बोकेर उपस्थित भएको उल्लेख गरिन् ।

उनले देशभर गाउँ–गाउँमा सडक सञ्जाल विस्तार, आधारभूत पूर्वाधार, ऊर्जा तथा कनेक्टिभिटी विकासको गति बढाउन आवश्यक रहेको धारणा राखिन् । विशेषगरी नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई विश्वसामु स्थापित गर्न नेकपा एमालेले खेलेको भूमिका र देखाएको नेतृत्व अत्यन्तै प्रशंसनीय रहेको भन्दै उनले यसको खुलेर प्रशंसा गर्नुपर्ने बताइन् ।

उनले भनिन् , ‘हामी सबै इहितासको साक्षी बन्न मात्र होइन, जिम्मेवार भविष्य र राष्ट्रहितको साझा संकल्प बोकेर पनि यहाँ उपस्थित भएका छौँ । देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिने सन्र्दभमा गाउँ गाउँमा सडक सञ्जाल आधारभूत पूर्वाधार उर्जा र कन्केटिभिटिको विकासको गति बढाउन आवश्यक छ । विशेषगरी नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई विश्वसामु स्थापित गर्न नेकपा एमालेले खेलेको भूमिका र देखाएको नेतृत्व एकदमै प्रसंसनिय छ । यो कुराको प्रसंसा हामी सबैले गर्नैपर्छ ।’

उनले एक्लै हिँडेर कुनै पनि गन्तव्यमा पुग्न नसकिने उल्लेख गर्दै यसका लागि सबै राजनीतिक शक्तिहरूबीच विश्वास, संवाद र उच्चस्तरीय सहकार्य अपरिहार्य रहेको बताइन् । यस सन्दर्भमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट स्पष्ट धारणा राख्दै अध्यक्ष श्रेष्ठले राष्ट्रियता संरक्षण, देशको विकास तथा लोकतान्त्रिक संरचनाको सुदृढीकरणजस्ता मुद्दामा नेकपा एमालेसँग सहकार्यका लागि आफ्नो पार्टीको ढोका सधैं खुला रहने स्पष्ट पारिन् ।

उनले भनिन्, ‘एक्लै हिँडेर कोही पनि गन्तब्यमा पुग्न सकिँदैन । यसका लागि सबै राजनीतिक शक्तिहरुबीच विश्वास, संवाद र उच्च स्तरीय संवादको कार्य अपरिहार्य छ । यस सन्र्दभमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट स्पष्ट कुरा राख्न चाहन्छु राष्ट्रियता संरक्षण देशको विकास र लोकतान्त्रि संरचनाको सुदृढिकरण जस्ता मुद्दमा एमालेसँग हाम्रो सहकार्यको ढोका सधैं खुला रहने छ ।’

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)नागरिक उन्मुक्ति पार्टीरञ्जिता श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...