मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

18
Share
Featured
  • महासचिव शंकर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि पार्टी नेपाली जनताका मनमा गहिरो बसेको बताए।
  • भदौ २३ र २४ गतेका घटनापछि एमाले र नेतृत्वविरुद्ध सुनियोजित प्रहार भए पनि पार्टी कमजोर नभएको पुष्टि भयो।
  • महाधिवेशनमार्फत एमालेले मुलुकलाई प्रतिगमनबाट रोक्ने र लोकतन्त्रको दिशामा अगाडि बढाउने उद्घोष गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि नेपाली जनताको मनमा गहिरो गरि बसेको बताएका छन् ।

शनिबार भक्तपुरमा सुरु भएको एमालेको ११ औं राष्ट्रिय महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेको घटनापछि नेकपा एमाले र त्यसको नेतृत्वविरुद्धमा सुनियोजित रुपमा प्रहार भएको भन्दै उक्त प्रहारले एमाले कमजोर नभएको बताए ।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटनापछि यो मुलुकमा नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धमा सुनियोजित रुपमा जुन प्रकारको प्रहार भइरहेको थियो कतिपयलाई लागेको थियो अब नेकपा एमालेको भविष्य समाप्त भयो भनेर । हामी सरकारबाट बाहिरिएका हौं तर नेपाली जनताको मनमा गहिरो गरि बसेका छौं । आजको सभाले पनि एमाले कमजोर भएको छैन् भन्ने कुरा पुष्टि गरेको छ ।’

यस्तै, उनले एमालेले मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध र मुलुकलाई लोकतन्त्रको दिशामा अगाडि बढाउने उद्घोषका साथ महाधिवेशन अगाडि बढाएको पनि बताए ।

उनले भने, ‘नेकपा एमालेले संकल्प गरेको छ मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध अगाडि बढ्ने छौ र मुलुकलाई लोकतन्त्रको दिशामा अगाडि बढाउने छौ भन्ने उद्घोषका साथ महाधिवेशन अगाडि बढाएका छौ ।’

नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधि सभा विघटन गरिएको र मुलुकमा एक प्रकारको अनिश्चितता, भय र त्रासको वातावरणमा मुलुकलाई पछाडि वा प्रतिगमनतर्फ धकेल्ने दुस्प्रयास भइरहेको बेला पार्टीको महाधिवेशन गरेको पनि उनको भनाई छ ।

उनले भने, ‘हामी यस्तो चुनौतीको क्षणमा पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन आयोजना गरिरहेका छौ । जतिबेला देशमा जनताले लामो संघर्षबाट प्राप्त गरेको ऐतिहासिक संविधान सभाबाट निर्माण भएको ऐतिहासिक संविधान घायल भएको छ । नेपाली जनताले दशकौं लामो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र कमजोर बनाइएको छ । नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधि सभा विघटन गरिएको छ र एक प्रकारको अनिश्चितता, भय र त्रासको वातावरणमा मुलुकलाई पछाडि धकेल्ने, प्रतिगमनतर्फ लैजाने दुस्प्रयास भइरहेको बेला पार्टीको महाधिवेशन गर्दैछौ ।’

यो समाचारमा

भक्तपुरशंकर पोखरेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    Data is loading...

    Loading brands...

    Loading footer...