कोलकातामा मेस्सीले उद्घाटन गरे ७० फिटको आफ्नै स्मारक

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

30
Share
Featured
  • लियोनेल मेस्सीले कोलकाताको लेक टाउनमा निर्माण गरिएको आफ्नो ७० फिट अग्लो मूर्तिको भर्चुअल उद्घाटन गरे।
  • फलामको प्रतिमामा मेस्सीलाई २०२२ फिफा विश्वकप ट्रफी बोकेको रूपमा चित्रण गरिएको छ।
  • पश्चिम बंगालका मन्त्री सुजित बोसका अनुसार उक्त मूर्ति ४० दिनमै निर्माण सम्पन्न भएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विश्व चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले भारत कोलकाताको लेक टाउनमा आफ्नो ७० फिटको मूर्तिको भर्चुअल उद्घाटन गरेका छन् ।

शनिबार कोलकाताको लेक टाउनमा रहेको आफ्नो ७० फिट अग्लो प्रतिमाको भर्चुअल रूपमा उद्घाटन गर्दै मेस्सीले पश्चिम बंगालका मन्त्री तथा श्रीभूमि स्पोर्टिङ क्लबका अध्यक्ष सुजित बोससँग मिलेर उद्घाटन गरेका हुन् ।

अर्जेन्टिनाका फुटबल महापुरूष शनिबार बिहानै जोय सिटीमा आइपुगेका थिए जहाँ प्रशंसकहरूको भव्य स्वागत गरिएको थियो। कोलकाताका प्रमुख स्थानहरूमा उत्साही समर्थकहरू ठूलो संख्यामा भेला भएका थिए, जसले मेस्सीले देशमा, विशेष गरी पश्चिम बंगालमा पाएको अथाह लोकप्रियतालाई प्रतिबिम्बित गर्दै विश्वव्यापी फुटबल आइकनको एक झलक हेर्न उत्सुक थिए।

लेक टाउनमा निर्माण गरिएको फलामको उक्त प्रतिमामा मेस्सीले फिफा विश्वकप ट्रफी बोकेको चित्रण गरिएको छ । जुन कतारमा २०२२ फिफा विश्वकपमा अर्जेन्टिनासँगको उनको ऐतिहासिक विजयको प्रतीक हो। प्रतिमाको मेस्सी आफैंले भर्चुअल रूपमा अनावरण गरेका हुन् ।

पश्चिम बंगालका मन्त्री तथा श्रीभूमि स्पोर्टिङ क्लबका अध्यक्ष सुजित बोसले स्मारक संरचना ४० दिनमा निर्माण पूरा भएको बताए ।

यो समाचारमा

काठमाडौँभारतलियोनेल मेस्सीफुटबल
अर्जेन्टिना4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...