मिथिला शर्मा अभिनित ‘गयो गयो उमेर...बाँचौं रमेर’को म्यूजिक भिडियो सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

21
Share
Featured
  • मिथिला शर्मा अभिनित ‘गयो गयो उमेर...बाँचौं रमेर’ गीतको म्यूजिक भिडियो काठमाडौंमा सार्वजनिक गरियो।
  • शर्माले गीतले विगतका स्मृति र कला यात्राका अनुभवहरू झल्काएको बताइन्।
  • गीतले उमेर, समय र जीवनका अनुभूतिलाई भावनात्मक रूपमा प्रस्तुत गर्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वरिष्ठ कलाकार मिथिला शर्मा अभिनित ‘गयो गयो उमेर...बाँचौं रमेर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

म्यूजिक भिडियो सार्वजनिक समारोहमा बोल्दै कलाकार मिथिला शर्माले गीतले आफूलाई विगतका दिनहरूको सम्झना गराएको बताइन् ।

उनले भनिन्, ‘यो गीतमा काम गर्दा पहिला–पहिला भ्रमणमा जाँदा पाएको अनुभूति फेरि महसुस गरेँ । सबै मानिसभित्र आ–आफ्नै प्रतिभा लुकेको हुन्छ । प्रतिभा सबैसँग हुन्छ, त्यसलाई अगाडि ल्याउन बालबालिकाका लागि आमाबुवाको सहयोग आवश्यक हुन्छ भने त्यस्तै छोराछोरीले पनि आमाबुवालाई सहयोग गर्नुपर्छ ।’
आफ्नो कला यात्राबारे बोल्दै शर्माले समय कसरी बित्यो भन्ने थाहा नै नहुने अनुभव सुनाइन् । उनले भनिन्, ‘म कला क्षेत्रमा लागेर हुर्किँदै गर्दा आशीर्वाद दिने र साथ दिने सबैलाई सम्झँदै गर्दा कति समय बित्यो भन्ने नै थाहा भएन । कसरी नाचेँ, कसरी गाएँ, कसरी हिँडेँ भन्ने सम्झँदै जाँदा समय निकै छिटो बित्दो रहेछ ।’ ‘गयो उमेर’ बोलको गीतले उमेर, समय र जीवनका अनुभूतिहरूलाई प्रस्तुत गरेको छ ।

यो समाचारमा

काठमाडौँमिथिला शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...