त्रिवि परिसरमा श्रम संस्कृति पार्टीको सरसफाइ, बगैंचा निर्माणको तयारी

Author

सजिलो पत्रिका

२०८२ मंसिर २७, शनिबार

22
Share
Featured
  • श्रम संस्कृति पार्टीले त्रिवि कीर्तिपुर परिसरमा सरसफाइ तथा श्रमदान अभियान सञ्चालन गर्‍यो।
  • ५३ दिनको निरन्तर श्रमदानबाट ४३२ रोपनी क्षेत्रको घना झाडी हटाइएको छ।
  • दोस्रो चरणमा सरसफाइ, गार्डेन निर्माण र वृक्षरोपण गर्ने योजना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

श्रम संस्कृति पार्टीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुर परिसरमा सरसफाइ अभियान सञ्चालन गरेको छ । शनिबार पार्टीका कार्यकर्ताहरूले श्रमदान गर्दै त्रिवि कीर्तिपुर क्षेत्रको सरसफाइ गरेका हुन् ।

कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सह–कोषाध्यक्ष जितेन बन्तवा राईले पछिल्लो ५३ दिनदेखि निरन्तर रूपमा काम भइरहेको जानकारी दिए। उनका अनुसार ४३२ रोपनी क्षेत्रफलमा फैलिएको घना जंगल र झाडी हटाउने काम सम्पन्न भएको छ ।

राईले भने, ‘पहिले यो क्षेत्र चितुवा बस्न सक्ने जस्तो झाडीले ढाकिएको थियो भने लागूऔषध प्रयोग गर्नेहरूको थलोसमेत बनेको थियो । हामीले करिब ५३–५४ दिनको निरन्तर श्रमदानबाट सबै झाडी फाडेर हटाएका छौं । अब दोस्रो चरणमा सरसफाइको काम हुन्छ । त्यसपछि गार्डेन निर्माण र वृक्षरोपण गरिनेछ ।’

उनका अनुसार ४३२ रोपनी क्षेत्रफलमा विभिन्न किसिमका गार्डेन निर्माणका लागि डिजाइन तयार पार्ने काम भइरहेको छ । शनिबार मात्रै देशभरका ७७ वटै जिल्लाबाट करिब ४०० जनाको सहभागितामा श्रमदान कार्यक्रम सम्पन्न भएको उनले बताए । श्रम संस्कृति पार्टीले श्रम, सरसफाइ र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ ।

यो समाचारमा

काठमाडौँकीर्तिपुरत्रिभुवन विश्वविद्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...