निर्माण व्यवसायीकै अध्यक्षको कम्पनीले समयकै काम नसकेपछि मन्त्री अनुगमनमा

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

21
Share
Featured
  • पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने निर्माण व्यवसायीको प्रतिबद्धता व्यक्त गरिएको छ; पुलको भौतिक प्रगति हाल ८५% छ।
  • निर्माणमा ढिलाइ र ठेक्का पाउने कम्पनीहरूको कमजोर कार्यसम्पादनले लामो समय यात्रुहरुलाई सास्ती दिएको उल्लेख छ; मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गरी तत्काल काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
  • हुलाकी राजमार्गअन्तर्गत मनमत–कलैया–मटिरवा सडक निर्माण पनि ढिलाइमा छ; करिब २०% मात्र भौतिक प्रगति भएको र स्थानीयले सडक तत्काल सम्पन्न गर्न माग गरेका छन्।
समाचार सारांशGenerated using AI.


पूर्व—पश्चिम राजमार्गको पथलैया—ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायी जनाएका छन् ।

मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए ।

मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।

मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुहरुले सास्ती व्यहोर्नु परेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत लाइन देखाएर काम रोक्न नहुने र तत्काल सम्पन्न गर्नुपर्ने बताए । उनले पुल नजिकबाट गएको ११ केभी लाइनले निर्माणमा कुनै असर नपर्ने उल्लेख गरे ।

पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती—हिराचन उपक्रम (जेभी) काठमाडौंको रवि सिंहले पछिल्लो पटक थप गरिएकै समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताए ।

चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती—हिराचन उपक्रम (जेभि)सँग २४ असार २०७५मा १७ करोड २२ लाख (कर सहित)मा ठेक्का समझौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण असार २०७८ भित्र सम्पन्न गर्नु पर्ने थियो । पछिल्लो म्याद थप बमोजिम पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्नु पर्नेछ । पुलको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

अध्यक्ष सिंहको निर्माण कम्पनीले ठेक्का लिएका विभिन्न आयोजना समयमै सम्पन्न नगरेर अलपत्र पारेका भने व्यापक आलोचना समेत भइरहेको छ । देशैभरका आयोजना समयमै सम्पन्न गराउने तथा गुणस्तरीय बनाउने कार्यमा भूमिका खेल्ने नैतिक जिम्मेवारीमा रहेका अध्यक्षले नै निर्माणको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने तथा अलपत्र पार्ने काम गरेको गुनासो आएपछि मन्त्री अनुगमनमा गएका थिए ।

मनमत—कलैया—मटिरवा सडक तत्काल सम्पन्न गर्न माग

हुलाकी राजमार्गअन्तर्गत बाराको मनमत—कलैया—मटिरवा सडक खण्ड तत्काल सम्पन्न गर्न स्थानीय बासिन्दाबाट माग गरिएको छ ।

मधेश प्रदेश बारा, पर्सा र रौतहट जिल्लाका सडक, सिँचाइ र विद्युत आयोजनाहरुको निर्माण प्रगतिको स्थलगत निरीक्षणका क्रममा कलैया पुग्नु भएका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ समक्ष स्थानीयबाट सदरमुकामकै सडक नबन्दा ठूलो सास्ती बेहोर्नु परेको बताइएको थियो । मन्त्री घिसिङले सडक रुग्ण अवस्थामा रहेको सडक निर्माणको ठेक्कालाई सरकारले उपयुक्त निर्णय गरी अगाडि बढाउने बताए ।

करिब चार किलोमिटर सडक स्तरोन्नतिका लागि २७ पुस २०७८मा सप्तकोशी जलाधार—ओम साई एण्ड कम्पनी उपक्रम (जेभी), काठमाडौंसँग २२ करोड ३१ लाख रुपैयाँ (कर सहित)मा ठेक्का सम्झौता भएको थियो । १ माघ २०७९ भित्र निर्माण सम्पन्न गर्ने गरी सुरुवाती ठेकका सम्झौता भएकोमा दोस्रो पटक थपिएको म्याद ४ चैत २०८२मा सकिंदैछ । सडक निर्माणको भौतिक प्रगति करिब २० प्रतिशत मात्र छ ।

निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण सडक निर्माण अलपत्र छ । ठेक्का अन्त्य किन नगर्ने भन्दै गत ३१ असोजमा निर्माण व्यवसायीलाई सार्वजनिक स्पष्टीकरण सोधिएको थियो । त्यसपछि निर्माण व्यवसायी निर्माणस्थलमा परिचालित भएको तर हालसम्म पनि उल्लेखनीय प्रगति हासिल नभएको अवस्था रहेको छ ।

यो समाचारमा

काठमाडौँकुलमान घिसिङबारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चुरियामाई र भुटनदेवीसहित हेटौंडाका ऐतिहासिक धार्मिक सम्पदाको विवरण अद्यावधिक गरिँदै

    मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका मठमन्दिर तथा धार्मिक संघ संस्थाको तथ्यांक अद्यावधिक गर्न सुरु गरेको छ ।उपमहानगर भित्रका मठमन्दिर दर्ता भए-नभएको एवं विद्यमान अवस्थालगायतका विषयमा जानकारी लिने उद्देश्यले तथ्यांक अद्यावधिक गर्न लागिएको सञ्चार तथा सूचना प्रविधि अधिकृत भानुभक्त थपलियाले जानकारी दिए ।‘यहाँका विभिन्न मठमन्दिरमा वर्षेनी राज्यको लगानी भैरहेको छ,'

    Data is loading...

    Loading brands...

    Loading footer...