एमाले पोलिटब्युरो सदस्य दलबहादुर रानाले लिए सक्रिय राजनीतिबाट बिदा

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

13
Share
Featured
  • नेकपा (एमाले) का पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन्।
  • आगामी ११औँ महाधिवेशनमा कुनै पदको उम्मेदवारी नदिने, तर पार्टीका साधारण सदस्यका रूपमा रहिरहने बताएका छन्।
  • राना २०३५/३६ सालदेखि राजनीतिमा सक्रिय छन् र २०७० सालमा छोटो समयका लागि भूमिसुधार तथा व्यवस्था मन्त्री पनि बनेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री दलबहादुर रानाले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् ।

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा चलिरहेका बेला उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत राजनीतिबाट बिदा लिने घोषणा गरेका हुन् ।

पारिवारिक कारणले गर्दा पार्टीको जिम्मेवारीमा सक्रिय रहन नसक्ने भन्दै उनले आगामी महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने स्पष्ट पारेका छन् ।

सक्रिय राजनीतिबाट बिदा लिए पनि पार्टीको साधारण सदस्य भने रहिरहने उनले बताएका छन् । २०३५/३६ सालदेखि राजनीतिमा सक्रिय राना २०७० सालमा छोटो समयका लागि भूमिसुधार तथा व्यवस्था मन्त्रीसमेत बनेका थिए ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...