मंगलादेवी सिंहको १०० औँ जन्मजयन्तीमा कांग्रेस नेता सिंहद्वारा योगदानको स्मरण

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

10
Share
Featured
  • कांग्रेस नेता प्रकाशमान सिंहले मंगलादेवी सिंहलाई नेपालको प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेतृ भन्दै नेपाली महिलाका हक–अधिकारमा उनको उल्लेखनीय योगदान स्मरण गरे।
  • मंगलादेवी सिंहको १००औं जन्मजयन्ती अवसरमा वर्षभर कार्यक्रम गरेर उनको संघर्ष र योगदानको पुनः स्मरण गरिँदै छ।
  • राणाकालमै मंगलादेवीले महिलालाई मताधिकार र शिक्षा अधिकार दिलाउन महत्वपूर्ण भूमिका खेलेको सिंहले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवि सिंहले नेपाली महिलाहरुको हक, अधिकारको लागि उल्लेख्य योगदान गरेको बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित मंगलादेवि सिंहको १०० औं जन्म जयान्तीको अवसरमा श्रद्धा अर्पण कार्यक्रममा उनले सिंहले महिलाहरुको हक, अधिकार मात्र नभई नेपाली जनताको प्रजातान्त्रिक अधिकारहरु दिलाउनको लागि पनि संघर्ष गरेको भन्दै त्यो कुरालाई पुन ताजकि गर्नको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरेको बताए ।

उनले भने, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेत्रृ मंगलादेवि सिंहको सय वर्ष पुगेको अवसरमा वर्ष भरि विभिन्न कार्यक्रमको आयोजना गरेर उहाँको सम्झना र उहाँले गर्नुभएको क्रियाकलापहरुको बारे र उहाँको योगदानको बारेमा विशेष गरेर नेपाली महिलाहरुको हक, अधिकार मात्र नभई नेपाली जनताको प्रजातान्त्रिक अधिकारहरु दिलाउनको लागि उहाँले संघर्ष गर्नुभएको कुरालाई पुन ताजकि गर्नको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिएको र आज उहाँको जन्मजयान्तीको अवसरमा कार्यक्रम आयोजना गरेको हो ।’

यस्तै, उनले राणाकालमा महिलाहरुलाई मताधिकार र पढ्न पाउने अधिकारको लागि पनि सिंहले आवाज उठाएको पनि बताए ।

उनले भने, ‘उहाँले महिलाहरुलाई पनि मताधिकार हुनुपर्छ भनेर पनि आवाज उठाएको कारणले गर्दा महिलाहरुले पनि मतदान गर्न पाउने अधिकार पाएको हो र त्यसको साथै महिलाहरुले पनि पढ्न पाउनु पर्छ भन्ने कुरा पनि उहाँले नै उठाउनु भएको हो ।’

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँप्रकाशमान सिंह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...