रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

19
Share
Featured
  • सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ।
  • लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले साउन २६ गते थुनामै राख्न आदेश दिएको थियो र आफ्नो भागको बिगो रकम दाखिला गरे पनि रिहा नगरेको थियो।
  • लामिछानेसँगै छविलाल जोशीको मुद्दा पनि पेसीमा चढेको छ, र यसअघि दुईपटक लामिछाने पक्षले बहस स्थगित गराइसकेको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आज (बिहीबार) उच्च अदालत बुटवलमा पेसी तोकिएको छ ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेको मुद्दामा आज सुनुवाइ हुन लागेको हो । यसअघि दुई पटकसम्म लामिछाने पक्षका कानुन व्यवसायीले नै निवेदन दिएर बहस स्थगित गराएका थिए ।

जिल्ला अदालत रूपन्देहीले गत साउन २६ गते लामिछानेलाई थुनामै राख्न आदेश दिएको थियो । उनले सहकारीमा अपचलन गरेको भनिएको आफ्नो भागको बिगो रकम दाखिला गर्दा पनि जिल्ला अदालतले रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्ला अदालतको सोही आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दिएका थिए, जसमाथि आज सुनुवाइ हुन लागेको हो । लामिछानेसँगै तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा पनि सँगै पेसीमा चढेको छ ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँरवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...